कृष्ण केसी, भरतपुर ।
Advertisement
राष्ट्रिय जनमोर्चा चितवनले समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
२०८२ असोज ११ गते शनिबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्यहरू डम्मर पुरी, राजेन्द्र ढुङ्गाना र नेकपा (मसाल) चितवनका प्रवक्ता भवीश्वर शर्माले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा जेनजी आन्दोलनको नाममा संसद् विघटन र संसद्बाहिरबाट प्रधानमन्त्री नियुक्ति गरिँदा नेपालको संविधान २०७२ माथि आँच पुगेको बताइएको थियो ।
