• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाली सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक भएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकांक्षासहित औपचारिक यात्रा सुरु भएको बताइएको छ ।

    Advertisement

    व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्‌नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरि बताएका छन् ।

    अग्रहरिका अनुसार ग्लोबल डायरी नेपालको माटो मै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ । यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यावसायिक संस्था तथा सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरलाई सजिलै पहुँचयोग्य बनाउने उद्देश्य बोकेको छ ।

    नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको अग्रहरिको भनाइ छ ।

    नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा सरकारी निकायलाई एउटै कृत्रिम बुद्धिमत्ता (एआई) चालित डिजिटल मञ्चमार्फत सशक्त बनाउनु ग्लोबल डायरी निर्माणको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष शेखर अर्यालले जानकारी दिएका छन् ।

    अर्यालका अनुसार विभिन्न डिजिटल उपकरणमा छरिएका जानकारीको सट्टा, ग्लोबल डायरीमा प्रयोगकर्ताले आफ्‌नो परिचय, व्यवसाय पृष्ठ र व्यावसायिक विवरण सहजै व्यवस्थापन गर्न सक्छन् । ग्लोबल डायरीलाई सस्तो र विस्तारयोग्य (स्केलेबल) बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई पनि आधुनिक डिजिटल उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।

    व्यक्तिहरूले आफ्‌नो सीप, उपलब्धिहरूको संकलन (पोर्टफोलियो), उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन्, जसले नेटवर्क विस्तार, रोजगारी र स्वतन्त्र पेसागत (फ्रिलान्स) अवसरहरू बढाउने हुँदा यसले प्रयोगकर्ताको सशक्तीकरण गर्ने बताइएको छ ।

    साना व्यवसाय, नवउद्यम (स्टार्टअप) तथा ठूला कम्पनीहरूले विपणन उपकरण, विश्लेषणात्मक सुविधा, ग्राहक संलग्नता प्रणाली र भर्ती (हायरिङ) मञ्चमार्फत प्रभावकारी रूपमा विस्तार गर्नसक्ने अध्यक्ष अर्याल बताउछन् । साथै, देशमै विकास गरिएको डिजिटल मञ्चका रूपमा, यसले नेपालमा आधारित आवश्यकता, मापदण्ड र राष्ट्रियस्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने उनले जानकारी दिए ।

    यस प्लेटफर्ममा एआई–चालित सुझाव प्रणाली भएकाले नेटवर्किङ, रोजगारी वा व्यवसाय वृद्धि लागि उपयुक्त अवसरहरू सिफारिस गर्न, व्यक्तिहरू, व्यवसाय र सरकारी निकायलाई एउटै प्लेटफर्ममा जोड्ने सुविधा प्राप्त गर्न सकिनुका साथै व्यवसायहरूका लागि डिजिटल मार्केटिङ, विज्ञापन र ग्राहक संलग्नता उपकरण, व्यवसाय र व्यक्तिगत प्रोफाइलको प्रदर्शन, पहुँच र प्रभाव मूल्याङ्कन गर्ने सुविधा पनि प्राप्त गर्न सकिन्छ । सजिलै सम्पर्क, प्रोफाइल र सेवा साझा गर्न क्युआर कोड आदानप्रदान गर्न, व्यवसाय र व्यक्तिहरूले आफ्‌ना सेवा वा उत्पादनहरू सूचीबद्ध गर्न, नयाँ अवसर, समाचार वा सूचना सही समयमा प्राप्त हुने सुविधा उपलब्ध हुन सक्दछ ।

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.