गलकोट (बागलुङ) । बागलुङको बडिगाड सिसाखानी जाने खर्वाङ–सिसाखानी सडक सानाठूला पहिरो खसेर सडक अवरुद्ध भएपछि सडक खुलाउन स्थानीय सक्रिय भएर श्रमदानमा जुटेका छन् ।
Advertisement
दसैँलाई मध्यनजर गरी स्थानीय श्रमदानमार्फत कस्सिएका छन् । मध्यपहाडी लोकमार्गको खर्बाङदेखि सिसाखानी जाने झण्डै १२ किमी सडकको पहिरोग्रस्त क्षेत्र र जोर्तीखोलामा ग्याबिन भर्ने काममा एक हप्तादेखि स्थानीय श्रमदानमा खटिएका छन् ।
सिसाखानी जाने सडकमध्ये खर्बाङ–सिसाखानी, खर्बाङ ताकमसेरा र रिगा–किटेनी–सिसाखानी सडक बन्द भएपछि स्थानीयहरूले दसैँलाई लक्षित गरी सडक मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।