काठमाडौँ । राष्ट्रिय अनुसन्धान केन्द्रका सञ्चालक महावीर पुन र इमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल मन्त्री बन्ने निश्चित भएको छ । प्रधानमन्त्री शुशीला कार्कीले नै दुबैजनालाई प्रस्ताव राखेको बुझिएको छ ।
Advertisement
प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सञ्चारकर्मी खरेललाई सुचना तथा सञ्चार मन्त्री बन्न प्रस्ताव गरेको समाचार बाहिर आएको छ ।
दुबैजनाले मन्त्रीको प्रस्ताव आएको स्वीकार्दै सैद्धान्तिक रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
खरेलले प्रधानमन्त्रीनिकटबाटै कुरा आएको स्वीकारेका छन् ।
‘उच्च स्रोतबाटै मसँग कुरा भएको थियो । म पत्रकार भएको नाताले सञ्चार मन्त्रालयमा हो कि भन्ने बुझेको छु तर मलाई फाइनल कुरा थाहा छैन’, खरेलले भने ।
महावीर पुनले पनि शिक्षामन्त्रीको जिम्मेवारी लिन सकारात्मक रहेको जवाफ दिएका छन् ।