नवलपुर । राजमो गैडाकोट नगरले संविधान दिवसको कार्यक्रम गैडाकोट कालिका चोकमा सम्पन्न गरेको छ ।
Advertisement
राजमो गैडाकोट नगर अध्यक्ष होमनाथ पराजुलीको अध्यक्षता, सचिब खिलेश्ववरी धितालको सञ्चालनमा अगाडि बढ्ेको कार्यक्रममा राजमो केन्द्रीय सदस्य दिपक पान्डे, नेकपा (मसाल) नवलपुुर प्रबक्ता चन्द सापकोटाले मनतब्य राख्नु भएको थियोे ।
सो अवसरमा दिप प्रज्वल गरिनुका साथै स्वागत मनतब्य समितिका उपाध्यक्ष ऋषिराम कँडेलले दिनुभएको थियोे ।
कार्यक्रममा अन्टुकका महासचिव सालिकराम सापकोटा, मूल प्रवाहका पुर्ब सचिब प्रेम सापकोटा, तमजमो केन्द्रीय सदस्य रुपनारायण महतो, समता समाज केन्द्रीय उपाध्यक्ष लक्ष्मी बिक, किसान संघ अफ्फा नवलपुरका अध्यक्ष भिम आचार्य लगायत राजमो नेता कार्यकर्ताहरूको उपस्थिति थियो ।