• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संविधानभित्रै लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित छ’


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • संविधानविद् र अधिकारकर्मीहरुले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा गर्नुपर्ने आजको मुख्य दायित्व रहेको बताउनुभएको छ ।

    Advertisement

    संविधान दिवसका अवसरमा राससले राखेको जिज्ञासामा उहाँहरुले यो संविधानको पूर्ण कार्यान्वयनले मुलुक र जनताको उन्नति र प्रगति हुने धारणा व्यक्त गर्नुभयो । उहाँहरुले वर्तमान संविधानको संशोधन र रक्षाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित रहेकाले संविधान मुलुकका लागि बाधक नभई साधक भएकाले रक्षा गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।

    विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । संविधानका जानकारहरुले संविधानमा समयसापेक्ष संशोधन र सुधार गर्दै रक्षा गर्नुको विकल्प नभएको बताउनुभयो ।

    डा विजय मिश्र

    अध्यक्ष, नेपाल बार एसोसिएसन

    संविधानलाई दीर्घ जीवन दिन समय–समयमा संशोधन गरिनुपर्छ । संशोधनका लागि इच्छाशक्ति आन्दोलनले पैदा गर्छ । बौद्धिक समाजको भेला र उपस्थितिले पनि संविधानलाई दीर्घ जीवन दिन आवश्यक खुराक प्रदान गर्छ । त्यसैले धेरै जटिल परिस्थितिलाई सामान गर्दै सङ्घर्ष गरेर बनाइएको संविधानलाई समय सुहाउँदो बनाउन संशोधन गरिनुपर्छ । त्यो गरेर सवै नागरिकको इच्छा यसैमार्फत पूरा गर्नुपर्छ । भ्रष्टाचार निर्मूल र सुशासन कायम गरिनुपर्छ ।

    रामनारायण विडारी

    संविधानविद्

    नेपालको संविधान वास्तवमा विश्वकै उत्कृष्ट संविधानभित्रै पर्छ । तर  व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मर्म र भावनाअनुरुप कार्यसम्पादन गरेनन् । संविधानको प्रभावकारी कार्यान्वयन नहुँदाको असर जनता निराश भए । अब यो संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्छ । यसमा भएका केही प्रावधानहरु न्यायिक, आर्थिक र राजनीतिकरुपले पनि सशोधन गर्नपर्नेछ । उदाहरणका लागि संवैधानिक परिषद्, न्यायपरिषद्, सवैधानिक इजलास, निर्वाचन प्रणाली, राज्यका संयन्त्रको सुदृढीकरण गर्नुपर्छ । राज्यको अनावश्यक  खर्च जोगाउनुपर्छ ।  रोजगारी सृजना गर्नुपर्छ । संविधानलाई दोष नलगाइ समयसापेक्ष संशोधन गरी अघि बढनुपर्छ । त्यसका लागि पहिलो सर्त संविधानको रक्षा नै हो ।

    कनकमणि दीक्षित

    वरिष्ठ पत्रकार

    नेपालको भविष्य उज्ज्वल बनाउन वर्तमान संविधानको रक्षा गर्ने प्रत्येक नागरिकको दायित्व हो । अहिले संविधानमा अलि कति धक्का लागेको छ । त्यसका बाबजुद अघि बढन सकिन्छ । निर्वाचन तोकिएको समयमा हुनैपर्छ । त्यसमा तलमाथि  र बहाना गरिनुहुन्न, अन्यथा इतिहासले माफी दिन्न । लामो समय अस्थिरता भएमा नेपालमा विदेशी हस्तक्षेप बढछ । अहिले पनि संविधानवाद नेपालमा बाचेको छ । निर्वाचनमार्फत नयाँ संसद् गठन हुन्छ । अनि भविष्यको बाटोको यात्रा गर्ने हो । मुलुक सबैको खुशियाली र सुखको केन्द्र हुनुपर्छ ।

    टीकाराम भट्टराई

    वरिष्ठ अधिवक्ता

    आज संविधान दिवस । यस संविधान दिवसले राखेका उद्देश्य असाध्यै राम्रा छन् । यो संविधानको पूर्ण कार्यान्वयन गर्ने हो भने जनता र देशको उन्नति र प्रगति हुने सम्भावनामा यसैभित्र छ । यद्यपि संविधान कार्यान्वयनमा सन्दर्भमा केही असन्तुष्टि देखिएका छन् । संविधानलाई संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमा नै सबै नेपाली जनताको भविष्य निहित भएकाले यसको रक्षा गर्नु आजको आवश्यकता हो । संविधानमा समयसापेक्ष संशोधन गरी नयाँ पुस्तालाई राजनीतिमा समाहित गर्ने बाटो प्रदान गर्दै राजनीतिकप्रति आकर्षण बनाइएको खण्डमा यो संविधान मुलुकका लागि बाधक होइन, साधक बन्नेमा मलाई पूर्ण विश्वास छ ।

    अर्जनुबहादुर कार्की

    अधिकारकर्मी

    हामीले हजारौँ मानिसको बलिदानीबाट आजको संविधान प्राप्त गरेको हो । त्यसैले संविधानको भावना र मर्मलाई आत्मसात् गर्नुपर्छ । यसका लागि संविधानमा आवश्यक परिमार्जन र सुधार गर्न सकिन्छ । संविधानलाई सम्मान  र पालना गर्न सकिएन भने मुलुक राजनीतिक दुर्घटनातिर उन्मुख हुन्छ । त्यसैले वर्तमान संविधानको रक्षा गरी समसामयिक सुधार गर्दै जानुको विकल्प छैन ।

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.