• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कुख्यात अपराधीहरू पनि जोगिएका छन् : खत्री


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • प्युठान । जेनजी आन्दोलनका सन्दर्भमा आगजनी हुँदा कैयौँ फाइल पनि खरानी भएकोले जेल सजाय भोगीरहेका कुख्यात अपराधीहरू जोगिने बाटो खुलेको राष्ट्रिय जनमोर्चाका नेता बोम बहादुर खत्रीले बताउनु भएको छ ।

    Advertisement

    ‘अहिलेको आन्दोलनबाट राष्ट्रका भौतिक सम्पत्तिहरूमा निकै ठूलो क्षति पुग्नुको साथै ऐतिहासिक दस्तावेजहरू समेत नष्ट भएका छन्‌’ खत्रीले भन्नु भयो– ‘ठूलाठूला काण्ड र भ्रष्टाचारका फाइलहरू पनि नष्ट हुँदा कुख्यात अपराधीहरू जोगिने बाटो खुलेको छ ।’

    भ्रष्टाचारको मुद्धा खेपिरहेका र विभिन्न मुद्धामा जेल पुगेकाहरू जेलबाट भागेको अवस्थामा देशको अवस्था निकै भयावह र गम्भीर रहेको नेता खत्रीको थप भनाई थियो ।

    नेता खत्रीले असौज १ गते राष्ट्रिय जनमोर्चा प्युठान जिल्ला समितिले पालिका स्तरीय प्रशिक्षण कार्यक्रम अभियानको उद्घाटन सभालाई सम्बोधनका क्रममा सो अभिव्यक्ति दिनुभएको हो ।

    मल्लरी गाउँपालिकाको खलङ्गामा आज उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले प्रमुख अतिथिको आसनबाट अहिले देश ऐतिहासिक संकटमा परेको बताउनु भयो । वर्तमान राजनीतिक परिप्रेक्षमा संविधान नै नरहने अवस्थामा पुगेको हुँदा सम्पूर्ण लोकतन्त्र तथा देशभक्त शक्तिहरू सजग रहनुपर्ने बेला आएको नेता खत्रीले बताउनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई नेकपा (मसाल)ले जहिले पनि विश्लेषण गरी भविष्यलाई सधैँ आकलन गरिरहेको कुरा बताउनुभयो ।

    हिजो वा आज जतिबेला पनि त्यसको अवस्थालाई सही ढंगले बुझेर आफ्‌नो नीति र कार्यक्रम सधैँ देश र जनताप्रति लक्षित हुने जिसीको भनाई थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्र्रीय कोषाध्यक्ष कमल पौडेल, जनजाति सम्मेलनका महासचिव अम्मर धोज राना, किसान संघका जिल्ला अध्यक्ष गिरिराज पौडेलले समसामयिक एवं राजनीतिक विषयमा परीक्षण दिनुभएको थियो।

    कार्यक्रममा मल्लनी गाउँपालिकाका १ देखि ५ सम्मका सम्पूर्ण वडाका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा मल्लनी गाउँ कमिटीका अध्यक्ष गुणेन्द्र बस्नेतको अध्यक्षता, उपाध्यक्ष डोरप्रसाद पोखरेलको स्वागत मन्तव्य र सचिव दुर्गा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले सबै पालिकाहरूमा गर्ने निर्णय गरेको छ । त्यस अनुसार मण्डबिमा असौज ३ गते, स्वर्गद्वारीमा असौज ४ गते, प्युठान नगरपालिकामा असौज ५ गते, झिम्रुकमा असौज ६ गते, गौमुखीमा असौज ७ गते प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ठेगान गरेको छ ।

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.