• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दक्षिण कोरियामा पूर्व प्रथम महिलासम्बन्धी अनुसन्धानः युनिफिकेसन चर्च नेताविरुद्ध गिरफ्तारी वारेन्ट माग


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • सियोल । दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन्।

    Advertisement

    यो कदम जेलमा रहेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन ही र एक सांसदलाई घुस दिएको आरोपबारे सोधपुछ भएको भोलिपल्ट आएको हो ।

    हान चर्चका संस्थापक सन म्युङ मुनकी ८२ वर्षीया विधवा हुनुहुन्छ । उहाँले र चर्चले युनकी पत्नी किम र सांसद क्वोन सेओङ–डोङलाई घुस दिएको आरोप अस्वीकार गर्नुभएको छ । अदालतले सोमबार सुनुवाइ गरी गिरफ्तारी अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्नेछ ।

    किमलाई गत महिना घुसखोरी, स्टक हेरफेर र उम्मेद्वार चयनमा हस्तक्षेप गरेको अभियोगमा पक्राउ गरिएको थियो । उहाँका वकिलहरूले आरोप अस्वीकार गरेका छन् । सांसद क्वोन पनि यसै हप्ता पक्राउ पर्नुभएको थियो । उहाँमाथि पार्टीको सन् २०२३ को नेतृत्व दौड अघि चर्चबाट समर्थन र पैसा लिएको शङ्का गरिएको छ ।

    यो अनुसन्धान सियोलको नयाँ उदार सरकारले सुरु गरेको तीन विशेष अभियोजक जाँचहरूमध्ये एक हो । अन्य जाँचहरूमा युनको मार्सल लको योजना र सन् २०२३ को बाढी उद्धार अभियानमा मृतकको ढाकछोपसम्बन्धी आरोप समावेश छन् । युनले अल्पकालीन रूपमा मार्सल ल लागू गरेपछि उहाँको महाभियोग भयो र गत अप्रिलमा पदच्युत गरियो ।

    चर्चले हानको गिरफ्तारी प्रयासको आलोचना गर्दै उहाँ उडान जोखिम नभएको, प्रमाण नष्ट गर्ने खतरा नरहेको र मुटु उपचारपछि पनि अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “स्पष्ट प्रमाण बिना अन्तर्राष्ट्रिय रूपमा सम्मानित धार्मिक नेत्रीविरुद्ध वारेन्ट माग गर्नु अत्यधिक कदम हो, जसले धार्मिक नेतालाई दिइने आधारभूत सम्मानलाई बेवास्ता गर्दछ ।”

    अनुसन्धानकर्ताहरूको दाबीअनुसार किमले कम्बोडियामा चर्चको विकास परियोजनासम्बन्धी विलासी उपहारहरू स्वीकार गर्नुभएको थियो । त्यस्तै, एक चर्च अधिकारीमार्फत सांसद क्वोनलाई १० करोड वोन (करिब ७२ हजार चार सय डलर) घुस दिएको आरोप छ ।

    हानलाई बुधबार करिब १० घण्टा सोधपुछ गरिएको थियो । उहाँ र चर्चले अधिकारीहरूले अधिकारको दुरुपयोग गरेको बताएका छन् ।

    हान चर्चको शीर्ष नेत्री हुनुहुन्छ । आधिकारिक रूपमा ‘विश्व शान्ति र एकीकरणका लागि परिवार महासङ्घ’ भनेर चिनिने यो चर्च सन म्युङ मुनले सन् १९५४ मा स्थापना गर्नुभएको थियो । आफूलाई मसीहा घोषणा गर्ने मुनले लाखौँ अनुयायी, विशाल व्यापारिक चासो र सामूहिक विवाहका लागि चर्चलाई विश्वभर परिचित बनाउनुभएको थियो ।

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.