• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो प्युठान भन्छ– हामी भ्रष्टाचारीको पार्टी होइनौँ र पनि किन आगजनी गरियो ?


  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा प्युठानले आफू भ्रष्टाचारीको पार्टी नभएको दाबी गर्दै प्रश्न गरेको छ, फेरि पनि हामीमाथि किन आगजनी गरियो ?
    गत भदौ २४ गते आफ्नो कार्यालयमा तोडफोड र आगजनी भएपछि राजमो प्युठानले प्रदर्शनकारीसामु यो प्रश्न उठाएको हो ।

    Advertisement

    राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको हस्ताक्षरमा २०८२ भदौ २९ गते अबेर राति जारी प्रेसवक्तव्यमा राजमोले आफ्नो कार्यालयमा आगजनी गर्नु गलत भएको बताएको छ ।

    “राष्ट्रिय जनमोर्चा कुनै भ्रष्टाचारीको पार्टी होइन” वक्तव्यमा भनिएको छ– “राष्ट्र, राष्ट्रियता, सुशासनको लागि दृढतापूर्व आफ्नो स्थापनाकालदेखि सङ्घर्षरत राष्ट्रिय जनमोर्चामाथि आक्रमण गर्नु ज्यादै निन्दनीय घटना हो ।”

    आगजनीमा कार्यालयका भौतिक वस्तु ध्वस्त भए पनि पार्टी कार्यकर्ताको देश, जनता र परिवर्तनप्रतिको कमजोर नहुने बताउँदै राजमोले चेतावनी दिएको छ– “हाम्रो कार्यालयमा गरिएको क्षति हामीलाई कुनै हालतमा मान्य छैन । समयक्रममा त्यसको हिसाबकिताब अवश्य हुने नै छ ।”

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “यही २०८२ भदौ २३ गतेदेखि जेनजी भनिने युवा पुस्ताले सामाजिक सञ्जाल बन्द, देशमा व्याप्त भ्रष्टाचार र बेथिती विरुद्ध आन्दोलन अगाडि बढायो । आन्दोलनको पहिलो दिनमै सरकारले आन्दोलनकारीमाथि बर्बर दमन गर्दा ठुलो सङ्ख्यामा देशका कर्णधार युवाले ज्यान गुमाए । उनीहरूले सुशासनको लागि गरेको बलिदानीप्रति राष्ट्रिय जनमोर्चा प्युठान हार्दिक सम्मान एवम् श्रद्धाञ्जली प्रकट गर्दछ । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र आन्दोलनका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

    पहिलो दिनमा गरिएको हत्या र दमनबाट आक्रोशित प्रदर्शनले दोस्रो दिन अत्यन्त उग्र रूप लियो । राष्ट्रिय सम्पत्ति, राजनीतिक पार्टीका कार्यालय, व्यावसायिक प्रतिष्ठान र कैयन् निजी घर पनि ध्वस्त भए । राजधानीको केन्द्रभागमा रहेका सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत, संसद् भवन, प्रधानमन्त्री निवासलगायत देशका धेरै भागमा कल्पनै गर्न नसकिने गरी तोडफोड र आगलागीका घटना भए । अर्कोतर्फ शान्तिसुरक्षाको जिम्मेवारी पाएको सुरक्षा निकायमा चरम प्रकारको गैरजिम्मेवारी पनि देखा पऱ्यो । जस्तोसुकै अवस्थामा पनि देश विकासप्रति जिम्मेवार जेनजी वा अरू कुनै पनि व्यक्ति वा शक्तिले त्यस प्रकारका ध्वंसात्मक कार्य गर्न सक्दैन । यो कुरा प्रष्ट हुँदै गएको छ कि त्यस प्रकारको ध्वंसात्मक गतिविधिमा देशीविदेशी शक्तिको घुसपैठ रहेको छ ।

    आज देशमा गम्भीर प्रकारको विषम परिस्थितिको निर्माण भएको छ । यस्तो परिस्थिति निर्माण हुनुमा ओलीको अधिनायकवादी र भ्रष्ट चरित्र मुख्य रूपमा जिम्मेवार छ साथै बारम्बार सत्ता सञ्चालन गर्दै आएका दलको चरम प्रकारको अवसरवादी चरित्र, बेथिती, दलीयकरण, भ्रष्टाचार र जनताका न्यायिक मागप्रति दमन गर्ने स्वेच्छाचारी कार्यशैली पनि जिम्मेवार छ । त्यसबाट युवामा चरम असन्तुष्टि र निराशा पैदा भयो । त्यही असन्तुष्टिको परिणाम थियो जेनजी आन्दोलन ।

    सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिपछि संसद् विघटन गरिएको छ । संसद् विघटन एउटा गम्भीर विषय हो । जननिर्वाचित संस्थाको अन्त्य गरेर देशलाई प्रतिगामी दिशामा लैजाने प्रयत्न भएको छ । त्यस प्रकारको प्रयत्नप्रति हाम्रो गम्भीर आपत्ति छ र त्यसको विरोध गर्दछौँ । जेनजीले आफ्नो माग व्यवस्था परिवर्तन नभएर भ्रष्टाचारको अन्त्य भएको प्रष्ट पारेबाट पनि आन्दोलनलाई गलत तत्त्वले उपयोग गरेर देशलाई गलत दिशामा लैजान प्रयत्न गरेको प्रष्ट हुन्छ । त्यही पृष्ठभूमिमा सुशीला कार्कीको नियुक्त र संसद् विघटन भएको छ ।

    जेनजी आन्दोलनको सिलसिलामा प्युठान जिल्लामा पनि ध्वंसात्मक कार्य भएका छन् । विभिन्न राजनीतिक दलका कार्यालयमा तोडफोड र आगजनी भएको छ । सदरमुकाम खलङ्गामा रहेको सहिद मित्रमणि टङ्क स्मृति प्रतिष्ठानको भवन र त्यसमा रहेको राष्ट्रिय जनमोर्चाको जिल्ला पार्टी कार्यालयका साथै रेडियो प्युठानको स्टेसनमा समेत तोडफोड र आगजनी गरिएको छ । यस किसिमको निन्दनीय अपराधको हामी घोर भर्त्सना र विरोध गर्न चाहन्छौँ ।

    राष्ट्रिय जनमोर्चा कुनै भ्रष्टाचारीको पार्टी होइन । राष्ट्र, राष्ट्रियता, सुशासनको लागि दृढतापूर्व आफ्नो स्थापनाकालदेखि सङ्घर्षरत राष्ट्रिय जनमोर्चामाथि आक्रमण गर्नु ज्यादै निन्दनीय घटना हो । हामी सधैँ देशमा न्यायपूर्ण व्यवस्थाप्राप्तिको लागि निरन्तर सङ्घर्षरत छौँ । हाम्रो राजनीतिक इतिहास गौरवपूर्ण छ । हाम्रो कार्यालयमा गरिएको क्षति हामीलाई कुनै हालतमा मान्य छैन । समयक्रममा त्यसको हिसाबकिताब अवश्य हुने नै छ । उक्त अपराधमा को को संलग्न थिए ? त्यसको निष्पक्ष छानबिन र अपराधीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्दछ ।

    देशको विषम परिस्थितिको सामना गर्न र राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका जनताले प्राप्त गरेका अधिकार सुरक्षित गर्न हामी निरन्तर प्रयत्नशील रहनेछौँ । पार्टी कार्यालयमा आगो लगाएर भौतिक वस्तु नष्ट भए पनि पार्टीका आम कार्यकर्ताको देश, जनता र परिवर्तनप्रतिको अगाध आस्था र विश्वास कमजोर नहुने चेतावनी दिन चाहन्छौँ साथै जेनजी आन्दोलनको नाममा देशीविदेशी शक्तिबाट देशको राष्ट्रियता, सार्वभौमिकता र गणतन्त्र समाप्त गर्नका लागि गरिएका प्रयत्नका विरुद्ध सबै देशभक्त तथा गणतन्त्रवादी शक्ति एवम् आम जनता एकजुट हुन आह्वान गर्दछौँ ।”

    सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.