• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

चोरी डकैटीबाट बचाउन युवाको गस्ती


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • भक्तपुर । रात चकमन्न हुन्छ । सबैतिर सन्नाटा छाउँछ । सबै नागरिक सुत्छन् तर सिरुटारका युवाहरू भने उठ्छन् । आफ्नो गाउँ र टोलवासीलाई सुरक्षित राख्न, चोरी डकैटीबाट बचाउन यहाँका युवाहरू आफँै गस्ती गर्न थालेपछि यहाँका सिङ्गो बस्ती सुतिरहँदा युवाहरू भने उठेर रातभरि गस्ती गर्ने गरेका छन् ।

    Advertisement

    सूर्यविनायक नगरपालिका–१ सिरुटारका युवाहरूले सिरुटार उपयोगी चोकदेखि माथिल्लो सिरुटार थापागाउँसम्म करिब पाँच किलोमिटर आसपास क्षेत्रमा विगत तीन दिनदखि रातभरि गस्ती सुरु गरेका स्थानीय अनुप राउतले जानकारी दिनुभयो । रातको समयमा गाउँगाउँमा अपरिचित र घरेलु हतियार बोकेका व्यक्ति प्रवेश गरेका भन्दै भक्तपुरका गाउँगाउँमा, वडावडामा स्थानीय युवाले रातभरि गस्ती गर्न सुरु गरेका उहाँले बताउनुभयो ।

    करिब २५ युवाले चोकचोकमा दस्ता बनाएर रातभरि हातमा लाठी बोकेर गाउँको सरक्षण गर्न खटिएका सिरुटार उपयोगी चोकका स्थानीय सचिन श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी नियमित रूपमा आफ्नो ड््युटीमा फर्किन नसकेको र गस्ती पनि गर्न नसकेको अवस्थामा गाउँमा नयाँ व्यक्तिको आवतजावत धेरै बढेकाले सम्भावित लुटपाट, चोरी, डकैटी रोक्न गर्दै स्थानीयले दिउँसो चनाखो हुने तथा रातभर युवा दस्ता बनाएर गस्ती गर्ने गरेका छन् ।

    दधिकोट क्षेत्रबाट २०–२५ जना अपरिचित व्यक्ति हतियारसहित सिरुटार छिरेको जानकारी आएपछि युवाहरू आफ्नो गाउँको सुरक्षाका लागि रातभरि गस्ती सुरु गरेका छन् । प्रहरी आफैले गस्ती गर्ने अवस्था नआएसम्म युवाले गस्ती जारी राख्ने स्थानीय अमित राउतले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यतिखेर आफ्नो घरमात्र होइन, आफ्नो गाउँ र टोलको सुरक्षा गर्न आफैँ खटिनुपर्ने बेला आएको छ, त्यसैले स्थिति सामान्य नभएसम्म हरेक दिन हामी राति पालैपालो गस्ती गर्छौँ ।”

    सिपाडोलमा वडा तहबाटै सुरक्षा समन्वय समिति गठन गरेर गस्ती सुरु गरिएको छ । स्थानीयस्तरमा बढ्दो आपराधिक गतिविधि रोक्दै शान्ति सुरक्षा कायम गर्न वडाध्यक्ष पुष्पराज बस्नेतको संयोजकतत्वमा प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक रमेश पाल सदस्य सचिव रहनेगरी ३३ सदस्यीय सुरक्षा समन्वय समिति गठन गरेको छ ।

    समन्वय समितिले स्थानीयस्तरमा आपराधिक गतिविधि नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । सूर्यविनायक–७ गुण्डुमा पनि स्थानीयले गस्ती सुरु गरेका छन् । दिउँसो अपरिचित व्यक्तिको झुण्ड गाउँगाउँमा घुमेको देखिएपछि टोलटोलमा स्थानीयले गस्ती सुरु गरेका हुन् । आज राति नयाँ मानिसको झुण्ड गाउँमा पसेपछि गुण्डुवासीले केहीलाई समातेको र केहीलाई भगाएको स्थानीयले जानकारी दिएका छन् ।

    प्रहरी सहज रूपमा बाहिर आएर गस्ती गर्न सक्ने अवस्था नभएपछि स्थानीय आफँैले गस्ती गर्न सुरु गरेको भन्दै दिउँसो पनि आफ्नो घर र गाउँमा सुरक्षित रहँदै चनाखो हुन जनप्रतिनिधिले आह्वान गरेको स्थानीय अमित राउतले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा पनि तीन दिनदेखि रातभरि गस्ती गर्ने गरेको वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो ।

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह
    कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.