काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेसँगै आगामी फागुन २१ गते चुनाव हुने भएको छ ।
Advertisement
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको एकल सदस्यीय मन्त्रिपरिषद्को निर्णयको आधारमा सो राष्ट्रपतिले २०८२ भदौ २७ गते मध्यरातमा सो घोषणा गर्नुभएको हो ।
मध्यरातमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको थियो ।
नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भङ्ग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।
