काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीलाई बनाएकोमा नेकपा माओवादी केन्द्रले भ्रत्सर्ना गरेको छ ।
Advertisement
सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिरहेको बेला शुक्रबार माओवादी केन्द्रको पदाधिकारीको भर्चुअल बैठकले भ्रत्सर्ना गरेको हो ।
माओवादी सचिव देवेन्द्र पौडेलले बैठकको निर्णय सुनाउँदै भने– ‘जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख नियुक्त गरेकोमा हाम्रो पार्टी घोर भत्र्सना गर्छ । साथै, संविधान र विधिको शासन कुल्चेर गरिएको नियुक्तिको विरूद्ध विरोध गर्न सम्पूर्ण जनतामा आह्वान गर्दछौँ ।’
