काठमाडौँ । राष्ट्रिय जनमोर्चा बागलुङले सङ्घीयता खारेजीसहितको राजनीतिक निकास खोज्न माग गरेको छ ।
जिल्ला अध्यक्ष तिलक थापाको हस्ताक्षरमा २०८२ भदौ २७ गते शुक्रबार जारी प्रेसवक्तव्यमा सो माग गरिएको हो ।
राजमोले वर्तमान अन्यौलपूर्ण राजनीतिक स्थितिको निकास संविधान र संसद् भित्रैबाट खोज्नमा पनि जोड दिएको छ ।
संविधानमा व्यवस्था गरिएका गणतन्त्र, सुदृढीकरण, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्थाको रक्षा गर्दै अघि त्यसको विरुद्ध जाने कदमको राजमोले विरोध गरेको छ ।
आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको सो विज्ञप्तिमा भौतिक संरचना ध्वस्त पार्ने दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ ।
वक्तव्यमार्फत् देशमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको पक्षमा उभिन सम्पूर्ण लोकतन्त्र पक्षधर शक्तिसित राजमो बागलुङले अपिल गरेको छ ।