• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संविधानबाहिरको विकल्पले देश दुर्घटनामा पर्न सक्छ : युवक सङ्घ


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घले संविधान बाहिरबाट वर्तमान सङ्कटको निकास खोजिए देश दुर्घटनामा जान सक्ने विचार व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष गणेश अधिकारीको हस्ताक्षरमा २०८२ भदौ २७ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै युवक सङ्घले सो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारपति समवेदना, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा जनधनको क्षतिप्रति दुःख प्रकट गरिएको छ ।

    अहिलेको समस्या सामान्य राजनीतिक विवाद मात्र नभएर संरचनात्मक असफलता भएको बताउँदै युवक सङ्घले भ्रष्टाचार र सङ्घीयता खारेज गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “गत २०८२ भदौ २५ गते जेनजीको नाममा भएको आन्दोलनको क्रममा घटेको जनहानि, घाइते र सार्वजनिक सम्पत्तिको क्षतिप्रति हाम्रो सङ्गठन गहिरो दुःख व्यक्त गर्दछ । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

    यो आन्दोलन केवल आकस्मिक घटनाको परिणाम होइन बरु लामो समयदेखि सञ्चित हुँदै आएको जनआक्रोशको विस्फोट हो । बेरोजगारी, शिक्षामा असमानता, स्वास्थ्यमा पहुँचको अभाव, बढ्दो भ्रष्टाचार, दलको सत्तासङ्घर्ष, राज्यसंयन्त्रको गैरजिम्मेवारी र सुरक्षा निकायको दमनकारी प्रवृत्तिले नै युवालाई सडकमा आउन बाध्य बनाएको हो । यसैबिच शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक दिशामा मोड्न र अस्थिरता फैलाउन विभिन्न शक्तिकेन्द्रले गरेको षड्यन्त्र स्पष्ट देखिएको छ, जुन निन्दनीय मात्र होइन, खतरनाक पनि छ ।

    देशमा देखा परेको सङ्कट सामान्य राजनीतिक विवाद मात्र होइन, संरचनागत असफलताको परिणाम हो । जनताको माग र वास्तविकताअनुसार सुधार गर्नुको साटो, विदेशी शक्तिको दबाबमा थोपारिएको सङ्घीय व्यवस्था देशलाई थप कमजोर बनाउँदैछ । यसले भ्रष्टाचारको नयाँ ढोका खोलिदिएको छ र राष्ट्रिय एकता कमजोर पार्दैछ । यस्तो अवस्थामा जनआन्दोलनलाई दमन गरेर वा बाह्य शक्तिको निर्देशनमा कृत्रिम निकास खोजेर समस्या समाधान हुँदैन ।

    अखिल नेपाल युवक सङ्घको स्पष्ट धारणा छ, देशको सार्वभौमिकता, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्दै राजनीतिक सङ्कटको समाधान संविधानभित्रबाटै खोजिनुपर्छ । संविधानको आत्मा र जनताले आफ्नै बलिदानबाट प्राप्त गरेको गणतन्त्रलाई कमजोर पार्ने वा सम्झौतामा लैजाने कुनै प्रयास जनताले स्वीकार गर्ने छैनन् बरु देशलाई खोक्रो बनाउने भ्रष्टाचारको मुहान र बाह्य शक्तिद्वारा थोपरिएको सङ्घीय व्यवस्थालाई खारेज गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।

    संविधान भित्रबाटै मार्ग खोज्ने हाम्रो आग्रहलाई बेवास्ता गर्दै कुनै पनि शक्तिकेन्द्रले बाह्य हस्तक्षेपमार्फत समाधान खोज्ने प्रयास गरे मुलुक गम्भीर दुर्घटनामा पर्न सक्ने हाम्रो चेतावनी छ ।”

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.