• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

रेड जेनजीले अगाडि साऱ्यो १३ बुँदे माग


  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रदर्शनकारी जेनजीमध्येका एक रेड जेनजीले १३ बुँदे माग अगाडि सारेको छ ।

    Advertisement

    संयोजक निश्चल रोकाद्वारा २०८२ भदौ २६ गते प्रेसवक्तव्य जारी गर्दै रेड जेनजीले सो माग अगाडि सारेको हो ।

    रोकाले संवैधानिक प्रक्रियाअनुसार नै जेनजीसहितको संयुक्त सरकार गठन गर्ने माग प्रस्तुत गरेको छ ।

    एवम् प्रकारले वक्तव्यमा सङ्घीयताको खारेजी, स्थानीय तहलाई अधिकार बढाउने, कार्यकारी प्रधानमन्त्री यथावत् राख्ने, निजी स्कुल बन्द गर्ने, २०४७ सालपछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने, राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने, भूमिहीनलाई जग्गा उपलब्ध गराउनेलगायतका माग सामेल गरिएको छ ।

    यस्तो छ, वक्तव्यको पूर्ण पाठ :

    “गत २०८२ भदौ २३ र २४ गते हामी अन्य जेनजी साथीहरूसँगै रेड जेनजी पनि सडकमा निर्मम सङ्घर्ष गऱ्यौँ । हामी यो देशको कुशासन, अनियमितता र राजनैतिक दल तथा तिनीहरूका नेताका भ्रष्ट तरिकाको विरुद्धमा आन्दोलित भएका थियौँ । आन्दोलनको क्रममा व्यापक रूपमा प्रतिक्रियावादी तथा देशीविदेशी शक्तिको समेत घुसपैठ भयो, जसको कारण राज्यको ठुलो पैमानामा भौतिक एवम् आर्थिक क्षतिसमेत हुन गयो । हाल सरकार गठनको सन्दर्भलाई लिएर भइरहेका गतिविधिप्रति हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउँदै निम्नलिखित धारणा सार्वजनिक गर्दछौँ ।

    १. विद्यमान संवैधानिक प्रक्रियाअन्तर्गत नै जेनजीसहितको संयुक्त सरकार गठन गर्ने ।

    २. नेपालको संविधान–२०७२ लाई संशोधन गरी गणतन्त्रलाई असर गर्ने विषय संशोधन गर्ने तथा संविधानमा सङ्घीयतालाई पूर्ण रूपमा खारेज गर्ने ।

    ३. विकेन्द्रीकरणमा आधारित स्थानीय स्वायत्त शासनसहितको एकात्मक राज्यप्रणाली कायम गर्ने । हालको केन्द्र र स्थानीय तह रहने गरी प्रदेशलाई दिएको अधिकार स्थानीय तहलाई दिने ।

    ४. नेपालजस्तो मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री निरङ्कुश हुने र जुनसुकै बेला संविधानभन्दा माथि जाने हुँदा संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थालाई कायम गर्ने ।

    ५. शिक्षामा २० प्रतिशत बजेट सुनिश्चित गर्ने, निजी स्कुल सम्पूर्ण रूपले बन्द गर्ने ।

    ६. सार्वजनिक लगानीमा कलकारखाना खोल्ने, युवालाई रोजगारीको सृजना गर्ने ।

    ७. २०४७ सालपछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने र कानुनले तोकेभन्दा बढी सम्पत्ति भएमा राष्ट्रियकरण गर्ने, भ्रष्टाचारीलाई कडा कानुनको व्यवस्था गर्ने ।

    ८. लोकप्रियतावादीको नौटङ्कीलाई जनताको सामु उजागर गर्ने ।

    ९. देशको राष्ट्रियता, भौगोलिक अखण्डता तथा स्वाधीनतालाई अक्षुण राख्ने ।

    १०. सीमाको सुरक्षा गर्दै भारतद्वारा अतिक्रमित भूभाग फिर्ता गर्ने ।

    ११. राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र र स्वयम्सेवकीय जनमिलिसियाको निर्माण गर्ने ।

    १२. खुला सिमानालाई नियमन गर्ने, खुकुलो नागरिकता खारेज गर्ने, गैरनेपालीले प्राप्त गरेका नागरिकताउपर छानबिन गरी रद्द गर्ने ।

    १३. भूमिहीनलाई जग्गा उपलब्ध गराउने ।

    अन्तमा हाल सरकार गठनका क्रममा भइरहेको राजावादी, प्रतिगामी तथा भारतीय एवम् अमेरिकी साम्राज्यवादको सम्पूर्ण चलखेल र हस्तक्षेपलाई हामीले अस्वीकार गर्दछौँ र कुनै पनि प्रकारको गन्ध आएमा विशाल सङ्घर्षमा जाने घोषणा गर्दछौँ ।”

    बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.