काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले औद्योगिक एवम् व्यावसायिक क्षेत्रमा भयरिहत वातावरण निर्माण गर्न माग गरेको छ ।
Advertisement
अध्यक्ष ढाकाराम पौडेलको हस्ताक्षरमा २०८२ भदौ २६ गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै व्यापार सङ्घले सो माग गरेको हो ।
सङ्घले भदौ २४ गते नेपालको इतिहासमा कालो दिन भएको बताएको छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध उठेको भनिउको आन्दोलनमा घुसपैठ भएपछि राज्यका तीनै अङ्ग तथा संवैधानिक निकायका भौतिक पूर्वाधार ध्वस्त पारिएको बताइएको छ ।
जेनजीको नाममा भएको यस खालको प्रदर्शनबाट व्यापारिक प्रतिष्ठान, पसल र देशीविदेशी उद्योगको लगानी ध्वस्त भएको वक्तव्यमा उल्लेख छ ।
वर्तमान विषम परिस्थितिको सन्दर्भमा उद्योग व्यापार सङ्गठनले संवैधानिक बाटोबाट निकास खोजिनुपर्ने वक्तव्यमा उल्लेख गरेको छ ।