• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संविधानको परिधिभित्रै राजनीतिक समाधान खोज्न मसालको जोड


  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले वर्तमान राजनीतिक समस्याको समाधान संविधानको परिधिभित्रैबाट खोज्न जोड दिएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ भदौ २६ गते बिहीबार जारी प्रेसवक्तव्यमार्फत मसालले सो धारणा सार्वजनिक गरेको हो ।

    संविधान वा विद्यमान बहुदलीय व्यवस्थाभन्दा बाहिरबाट समस्याको समाधान खोज्नु गलत हुने बताउँदै पार्टीले वक्तव्यमार्फत शान्ति, सुव्यवस्था र लोकतन्त्रलाई कायम राख्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    वर्तमान राजनीतिक परिस्थितिको विस्तृत र गहन प्रकारले विचार गर्नुपर्ने भएकाले त्यसका लागि केही समय लाग्ने बताउँदै सो वक्तव्यमा केही समयपछि आगामी कार्यक्रम निश्चित गर्ने बताइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अहिले देशमा जुन प्रकारको गम्भीर राजनीतिक स्थिति पैदा भएको छ, त्यसप्रति हाम्रो पार्टी नेकपा (मसाल) को गम्भीर ध्यान गएको छ । त्यसबारे अरू विस्तृत र गहन प्रकारले विचार गर्नुपर्ने र आगामी कार्यक्रम निश्चित गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसका लागि हामीलाई केही समय आवश्यक पर्नेछ तैपनि तत्काल हामीले केही महत्त्वपूर्ण विषयमा आफ्नो दृष्टिकोण प्रष्ट गर्न चाहन्छोैँ ।

    १. हाम्रो जोड यो कुरामा छ कि अहिलेको राजनीतिक समस्याको समाधान विद्यमान संविधानको परिधिभित्र नै खोज्नुपर्दछ । संविधानअन्तर्गतको सङ्घीयतालाई हामीले विरोध गर्दछौँ र त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ तर संविधानमा व्यवस्था गरिएका गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार वा बहुदलीय व्यवस्थालाई रक्षा गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । तिनीहरूमा आँच पुऱ्याउने प्रकारको कुनै पनि गतिविधिको हामीले विरोध गर्दछौँ ।

    २. देशको वर्तमान अन्यौलपूर्ण राजनीतिक स्थितिमा सुधार गर्ने नाममा संविधानबाहिर वा विद्यमान बहुदलीय व्यवस्थाको बाहिरबाट कुनै समाधान खोज्नेजस्ता कुरालाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।

    ३. हामीले देशमा शान्ति, सुव्यवस्था र लोकतन्त्रलाई कायम राख्नुपर्ने आवश्यकतामा देशका सबै लोकतन्त्र पक्षधर शक्ति तथा आमजनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.