काठमाडौं । राजनीतिक दलका कार्यकर्ताहरू अब संविधान रक्षाका लागि मैदानमा उत्रिन थालेका छन् ।
विगत दुई–तीन दिनदेखि भ्रष्टाचार, अनियमित्ता, सामाजिक सञ्जालमाथि लगाईएको प्रतिवन्धको विरुमा उत्रिएको जेन–जी आन्दोलनले उग्र रुप लिएसँगै अलगथलग बनेको राजनीतिक घटनाक्रम विस्तारै सामान्य वन्दै गइरहेको छ ।
यसै परिप्रेक्षमा राजनीतिक दलहरूले २०७२ को संविधान भित्र रहेर नै समस्याका समाधान खोज्नु पर्नेमा जोड दिंदै आएका छन् ।
यसै बिच नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विहिबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ ।
२०७२ को संविधानको रक्षा, राष्ट्रपतिको स्वास्थ्य अवस्था सार्वजनिक र सर्वपक्षीय बैठक बोलाउनु पर्नेलगायतका मागसहित नेविसंघले प्रदर्शन आयोजना गरेको थियो ।
नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललगायतका नेतृत्वमा सहभागी कार्यकर्ताहरूले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ प्लेकार्ड–सहित नाराबाजी गरेका थिए।

त्यस्तै संविधानको रक्षा गर्नुपर्ने मागसहित नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेता–कार्यकर्ताहरू आज काठमाडौँमा प्रदर्शनमा उत्रिएका छन् ।
बुधबार बिहान दुबै दलका नेता–कार्यकर्ताहरूले मीनभवन क्याम्पसको गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियूका पूर्वअध्यक्ष समिककुमार बडाल, पूर्वउपाध्यक्ष गोविन्द गिरी, एकीकृत समाजवादी–निकट अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
प्रदर्शनका क्रममा सहभागीहरूले संविधानको रक्षाका लागि जोड दिएका थिए।
पाल्पा,
पाल्पाका राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरी जेन–जी आन्दोलन कर्मीहरूले समस्याको समाधान २०७२ को संबिधानको परिधिभित्र रही वार्ताबाट खोजनु पर्नेमा जोड दिएका छन् ।
जेन–जी आन्दोलनको नाममा सिंहदरवार लगायत सार्वजनिक र नीजि सम्पत्तिमाथि अकल्पनिय क्षति पुर्याउनु र पार्टीका सम्मानित नेताहरुमाथि अमानवीय व्यवहार र भौतिक आक्रमण गर्नु निन्दनीय घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विज्ञप्तिमार्फत लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा हामी दृढ विश्वास व्यक्त गरिएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ :
“२०८२ भाव २३ र २४ गते जेन जी द्वारा गरिएको आन्दोलनमा ज्यान गुमाउनुहुने मृतकहरुप्रति पाल्पाका राजनीतिक दलहरु हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
सामाजिक संजालको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध लक्षित गरी परिवर्तनको माध्यमबाट देश विकास गर्ने उद्देश्य राखि शुरु गरिएको भनिएको आन्दोलनवाट प्रधानमन्त्रीको राजीनामा पश्चात पनि सिंहदरवार लगायत सार्वजनिक र नीजि सम्पत्तिमाथि अकल्पनिय क्षति पुर्याउनु र पार्टीका सम्मानित नेताहरुमाथि अमानवीय व्यवहार र भौतिक आक्रमण गर्नु निन्दनीय छ । आजको समस्याको समाधान २०७२ को सबिधानको परिधिभित्र रही वार्ताबाट खोजिनु पदर्छ ।
आन्दोलन पछि निर्माणको चरण आरम्भ हुन्छ । अतः पाल्पाली जनसमुदायहरु संयमित भड अव सार्वजनिक र नीजि सम्पत्ति क्षति हुन नदिने वातावरण सिर्जना गर्न सबैमा हार्दिक अपिल गर्दछी । नेपालको विकास र समृद्धि लोकतान्त्रिक गणतन्त्रबाट मात्र संभव छ । लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा हामी दृढ विश्वास गर्दछौँ ।”
