• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कर्णाली सांस्कृतिक अभियान कार्यक्रम स्थगित


  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश र रक्तिम सांस्कृतिक अभियानको संयुक्त सहकार्यमा सञ्चालित कार्यक्रम जेन्जी आन्दोलन पश्चात उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर स्थगित गरिएको छ ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति र राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशको सहकार्यमा सञ्चालित कर्णाली अभियान २०८२ को क्रममा रक्तिमको सांस्कृतिक प्रशिक्षणका साथै राष्ट्रिय जनमोर्चाको जनभेटघाट, घरदैलो, सदस्यता वितरण, संगठन निर्माण लगायतका कार्यक्रमहरू सञ्चालन भएको छ । मिति २०८२ भाद्र १२ गतेदेखि सञ्चालन गरिएको यस कर्णाली सांस्कृतिक अभियान कार्यक्रम अन्तर्गत भाद्र १२ देखि १७ गतेसम्म कालिकोट जिल्लाको रास्कोटमा रक्तिम सांस्कृतिक अभियान कालिकोट जिल्लाको ५ दिने सांस्कृतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

    राष्ट्रिय जनमोर्चा कर्णालीप्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढाको नेतृत्वमा अगाडि बढेको यस अभियानको क्रममा मितिः २०८२ भदौ १४ गतेका दिन रक्तिम सांस्कृतिक अभियानको १७ सदस्यीय कालिकोट जिल्ला कलाकार टोली निर्माण गरिएको छ । उक्त कालिकोट जिल्ला कलाकार टोलीको संयोजकमा जानकी वम रहनुभएको छ भने अन्य सदस्यहरूमा क्रमशः सर्मिला बुढा, साविता कुमाल, नस्पता कुमाल, कमला शाही, रसिना शाही, सुस्मा शाही, विपना शाही, विश्वराज शाही, विनोद सिम्खादा, आयुष वम, नरजङ शाही, कृतिका उपाध्या, राजेश शाही, अन्जना उपाध्यय, लोकेन्द्र सिम्खादा रहनुभएको छ ।

    यसैगरि अभियानको क्रममा सुर्ज कन्या बरालको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय जनमोर्चा रास्कोट नगर समिति गठन गरेको छ । जसमा उपाध्यक्ष, सचिव, सदस्यहरूमा क्रमशः शान्ति शाही, कुलबहादुर बम, हरिकृष्ण न्यौपाने, भावना कुमारी शाही, सर्मिला शाही, नरजङ्ग शाही, विकास शाही, शुसिल शाही, शुशिल शाही, आइते सार्कि, ठेसी सार्की, डिआर शाही, राजन शाही, ज्ञानबहादुर खान, पुतला खान, नस्पता कुमाल र एक स्थान रिक्त रहेको छ ।

    अभियानको क्रममाकुल ६ स्थानमा सांस्कृतिक सभाको कार्यक्रम सञ्चालन गरिएको छ । जस अन्तर्गत भाद्र १७ गतेका दिन सान्नी त्रिवेणी गाउँपालिकाको मेहलमुडीमा भएको सांस्कृतिक सभाको बक्ताहरूमा क्रमशः राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमलविक्रम शाही, राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष पुर्णवहादुर शाही, अखिल नेपाल शिक्षक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अजय गिरी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य प्रेमबहादुर ठाडा हुनुहुन्थ्यो भने सञ्चालन रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    यसैगरि १८ गतेको दिन सेरा चौरको बजारमा भएको कार्यक्रममा बक्ताहरू क्रमशः राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष पुर्णबहादुर शाही र केन्द्रीय सदस्य कमलविक्रम शाही हुनुहुन्थ्यो भने सञ्चालन गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    १९ गते अभियान टोलीले आरामतथा सरसफाइ गरेको थियो भने २० गते फुकोट गाउँमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । फुकोटमा सम्पन्न कार्यक्रममा पुर्णबहादुर शाहीले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सञ्चालन गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    २१ गते बाराको खलो भन्ने स्थानमा भएको सांस्कृतिक कार्यक्रममा पनि पुर्णबहादुर शाहीले मन्तब्य राख्नुभएको थियो भने गिरीप्रसाद बुढाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    अभियानको क्रममा भदौ २२ गते रास्कोट नगरपालिकोको बजारमा भब्य सभा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरेर अगाडि बढेको कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा रासकोट नगरपालिकाका अध्यक्ष सुर्जकन्या बरालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमलविक्रम शाही हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा बयोबृद्ध वाम बुद्धिजिवि तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार देवजङ्गशाही, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष पुर्ण बहादुर शाही अखिल नेपाल शिक्षक संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष अजय गिरी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य प्रेमबहादुर ठाडा, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका सदस्य कटक बहादुर शाही, अखिल नेपाल शिक्षक संघ कालिकोट जिल्ला अध्यक्ष हिक्मतबहादुर शाही, अनेरास्ववियु (छैठौं) कालिकोट जिल्ला अध्यक्ष सर्मिला बुढा, रक्तिम सांस्कृतिक अभियान कालिकोटका जिल्ला अध्यक्ष भावना कुमारी शाहीहुनुहुन्थ्यो ।

    राष्ट्रिय जनमोर्चाका कालिकोट जिल्ला उपाध्यक्ष रणबहादुर शाहीको स्वागत मन्तव्य रहेको यस कार्यक्रमको सञ्चालन रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    यसैगरि भदौ २३ गते अभियानले पचालझरणा गाउँपालिको नुवाघर पुगेर सांस्कृतिक सभाको कार्यक्रम सम्पन्न गरेको थियो ।

    सहिदहरूप्रति एक मिनेट मौनधारण गरेर अगाडि बढेको यस कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा पचालझरना गाउ समितिका अध्यक्ष खडक बोहोराले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष पुर्ण बहादुर शाही हुनुहुन्थ्यो भने अन्यअतिथिहरूमा रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढा, अखिल नेपाल शिक्षक संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष अजय गिरी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य प्रेमबहादुर ठाडा हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका सदस्य कटक बहादुर शाहीको स्वागत मन्तव्य रहेको यस कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा कालिकोट जिल्लाका सचिव देविदास सञ्ज्यालले गर्नुभएको थियो ।

    अभियानमा रक्तिम सांस्कृतिक अभियानले किन चाहियो संघीयता, फुल फुल्छ कोपिला बनेर, संघीयता घाडो भो, बढ्दै जाउँ बढ्दै जाउँ, देश जान थाल्यो, तलमा पर्यो, मलाई डर छैन (कमेडी), भ्रष्टाचारले लुटिएको यो हाम्रो देश, म हिडेको गाउँको बाटो मुस्कुरायो लगाएतका गीतहरूमा नृत्य तथा अभिनय प्रस्तुत गरेको थियो ।

    अभियानको स्थायी टोलीमा रक्तिम सांस्कृतिक अभियानको तर्फबाट कलाकारहरू क्रमशः हरिबहादुर सर्तुङ्गी, रमेश पुन, प्रेनिला ज्ञामी, प्रमिला ठाडा, निखिल ज्ञामी, हुनुहुन्थ्योभने राष्ट्रिय जनमोर्चाको तर्फबाट अखिल नेपाल किसान संघका वैकल्पिक केन्द्रीय सदस्य प्रेमबहादुर ठाडा, कटक बहादुर शाही, हुनुहुन्थ्यो ।

    उक्त टोलीमा रक्तिमका स्थानिय कलाकार तथा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरु जोडिएका थिए । यसैगरी कालिकोट जिल्लामा भएको यस अभियानको व्यावस्थापनमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमलविक्रम शाही, राष्ट्रिय जनमोर्चा कालिकोट जिल्ला सल्लाहकार अजबहादुर गिरी, राष्ट्रिय जनमोर्चाका कालिकोट जिल्ला सचिव देविदास सञ्जेल, रक्तिम सांस्कृतिक अभियानका पुर्व केन्द्रीय सदस्य हिक्मतबहादुर शाही, रक्तिम सांस्कृतिक अभियान कालिकोटका जिल्ला अध्यक्ष भावना कुमारी शाही, अखिल नेपाल महिला संघ कालिकोटकी सदस्य शान्ती शाही लगायत स्थानिय नेता कार्यकर्ताहरूले विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।

    एक महिनाको लागि निश्चित गरिएको कर्णाली सांस्कृतिक अभियानको कार्यक्रम जेन्जी आन्दोलनले देशमा सिर्जना गरेको विशेष परिस्थितिको कारण तत्कालको लागि स्थिगित गरिएको छ ।

    बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.