• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

जेनजीका युवाद्वारा पाँच बुँदे अनौपचारिक प्रस्ताव सामाजिक सञ्जालमा


  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । जेनजी युवाको तर्फबाट पाँच बुँदे अनौपचारिक प्रस्ताव सामाजिक सञ्जालमा प्रस्तुत भएको छ ।

    Advertisement

    जेनजी युवा भनिएका रविकिरण हमालको तर्फबाट २०८२ भदौ २५ गते बुधबार सो प्रस्ताव सावजनिक भएको हो ।

    वार्ताको आह्वान गरेका प्रधान सेनापतिको लागि भन्न्दै सो प्रस्ताव प्रस्तुत गरिएको छ । प्रस्तावमा अन्तरित्रम सरकार गठन, शान्ति र स्थायित्व, प्रतिनिधिसभा विघटन, संविधान संशोधन र नयाँ चुनावको माग गरिएको छ ।

    उक्त अनौपचारिक प्रस्ताव जस्ताको तस्तै :

    “नेपाल आज ऐतिहासिक मोडमा उभिएको छ । तीन दशक लामो भ्रष्टाचार, कुशासन र असफल नेतृत्वका कारण जनतामा गहिरो असन्तोष र निराशा व्याप्त छ । जेनजी पुस्ताले नेतृत्व गरेको जनआन्दोलन अब शान्ति, स्थायित्व र नयाँ राजनीतिक व्यवस्थाको माग गर्दै निर्णायक चरणमा प्रवेश गरेको छ ।

    यस सन्दर्भमा राष्ट्रपति र नेपाली सेनाले गर्नुभएको वार्ताको आह्वानलाई हामी जेनजी पुस्ताले सकारात्मक रूपमा स्वागत गर्दछौँ । हामीले ल्याएका प्रस्तावहरू कुनै व्यक्तिगत वा दलगत स्वार्थका लागि नभई सम्पूर्ण राष्ट्र र नयाँ पुस्ताको भविष्यलाई केन्द्रमा राखेर तयार पारिएका हुन् ।

    मुख्य प्रस्ताव

    १. अन्तरिम सरकार गठन

    वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई व्यवस्थापन गर्न जेनजी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन गरिनुपर्छ । यो सरकार असफल पुराना दलको प्रभावभन्दा स्वतन्त्र रहनुपर्नेछ ।

    २. शान्ति र स्थायित्व

    सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाको ग्यारेन्टी गर्ने र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्य अन्तरिम सरकारको पहिलो प्राथमिकता हुनेछ । सेना, प्रहरी र सशस्त्र निकायलाई जनसेवामा पुनः उन्मुख गराइनेछ ।

    ३. प्रतिनिधिसभा विघटन

    वर्तमान प्रतिनिधिसभा जनताबाट विश्वास गुमाइसकेको छ । त्यसैले तत्काल प्रभावबाट प्रतिनिधिसभा विघटन गरी राजनीतिक सङ्क्रमणलाई स्पष्ट बनाइनुपर्छ ।

    ४. संविधान संशोधन वा पुनर्लेखन

    नयाँ पुस्ताको आकाङ्क्षा र जनताका वास्तविक चाहनालाई प्रतिबिम्बित गर्ने खालको संविधान पुनरावलोकन वा पूर्ण रूपमा पुनर्लेखन गरिनुपर्छ । यस प्रक्रियामा नागरिक, विशेषज्ञ र विशेष गरी युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्छ ।

    ५. नयाँ चुनाव

    अन्तरिम अवधि सकिएपछि स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित नयाँ चुनाव गरिनुपर्छ । यसले प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्वको स्थापना गर्नेछ ।

    तत्काल गर्नुपर्ने काम

    • विगत तीन दशकमा लुटिएको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गरिनेछ ।
    • शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचओटा मूलभूत संस्थाको संरचनागत सुधार र पुनर्गठन गरिनुपर्छ ।
    • जेनजी पुस्ताको आन्दोलन क्रममा सहादत प्राप्त गर्ने सबैलाई आधिकारिक रूपमा “सहिद” घोषणा गरिनेछ ।
    • सहिद परिवारलाई राष्ट्रका तर्फबाट सम्मान, अभिनन्दन तथा राहत उपलब्ध गराइनेछ ।
    • बेरोजगारी, पलायन र सामाजिक अन्याय अन्त्य गर्न विशेष कार्यक्रम ल्याइनेछ ।

    हामी जेनजी पुस्ताका तर्फबाट स्पष्ट सन्देश दिन चाहन्छौँ :

    यो आन्दोलन कुनै दल वा व्यक्तिको लागि होइन, सम्पूर्ण पुस्ता र राष्ट्रको भविष्यका लागि हो । हामी शान्ति चाहन्छौँ तर त्यो शान्ति केवल नयाँ राजनीतिक व्यवस्थाको आधारमा मात्र सम्भव छ ।

    राष्ट्रपति र नेपाली सेनाले हामीले प्रस्तुत गरेका प्रस्तावलाई सकारात्मक रूपमा व्यवहारमा उतार्नु हुने विश्वास हामी राख्छौँ ।”

    बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.