• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

आज साँझ ५ बजेसम्म निषेधाज्ञा, भदौ २६ गते बिहान ५ गतेसम्म कर्फ्यु


  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाली सेनाले आज बुधबार साँझ ५ बजेसम्म निषेधाज्ञा तथा भोलि भदौ २६ गते बिहान ५ गतेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

    Advertisement

    विद्यमान विषम परिस्थिति र शान्तिसुरक्षा कायम राख्नका लागि भन्दै सेनाले निषेधाज्ञा र कर्फ्यु जारी गरेको हो ।

    सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

    सेनाले जारी गरेको विज्ञप्तिअनुसार आज र भोलि बिहान ५ बजेसम्मको परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने बताएको छ ।

    सेनाले आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र गर्ने सम्भावना रहेकोले यो कदम चालिएको स्पष्ट पारेको छ ।

    निषेधाज्ञा र कर्फ्युका बेला एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुन पाउनेछन् । आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ ।

    सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता क्रियाकलाप गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ ।

    सेनाले सबै आम नागरिकलाई अफवाहको पछाडि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आआफ्नो दायित्व निभाउन पनि अपिल गरेको छ ।

    सेनाले हरेक परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय रहने र नेपाली जनताको सुरक्षा तथा मानवीय उद्धारमा सधैँ प्रतिबद्ध रहने विश्वास दिलाएको छ ।

    बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.