धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले लम्की चुहास्थित श्री सहिद स्मृती माविको क्वारेन्टिनमा भएको बलात्कारको घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको छ ।
कैलालिको लम्की चुहा नगरपालिका–१ मा रहेको सो विद्यालयमा बसेकी ३१ वर्षीया महिलामाथी स्वास्थकर्मी र स्वयंसेवक गरि ३ जनाद्वारा सामुहिक बलत्कार भएको घटनाको राजमो कैलालीले घोर निन्दा गरेको छ ।
सोमबार एक विज्ञप्ति प्रकाशित गरी राजमोले पीडित महिलाद्वारा किटानी जाहेरी दिइएका १७ वर्षीय सर्जन विक, २२ वर्षीय किसोर परियार र २० वर्षीय लक्षमण परियारसहित घटनामा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरेको छ ।
जिल्ला सचिव जगत जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘एकातिर क्वारेन्टिन ब्यबस्थापनका नाममा करोडौं रुपैयाँ खर्च गरेको देखाइएको छ भने अर्कोतिर क्वारेन्टिनहरु अव्यवस्थित र असुरक्षित देखिएका छ्न्।’
असुरक्षित र अव्यवस्थित क्वारेन्टिनका कारण यस प्रकारका घटनाहरु घटिरहेको भन्दै राजमोले क्वारेन्टिन व्यवस्थित बनाउन र भ्रष्टाचार नियन्त्रण गर्न माग गरेको छ ।