• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

चीन विरुद्ध दलाई लामालाई पुनर्स्थापना गर्न एमसिसी उपयोग हुन सक्ने महामन्त्री सिंहको दाबी


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले चीन विरुद्ध दलाई लामालाई तिब्बतमा पुनर्स्थापना गर्न एमसिसी उपयोग हुन सक्ने चेतावनी दिनुभएको छ ।

    Advertisement

    २०८२ भदौ ८ गते आइतबार राजधानीको लाजिम्पाटमा सम्पन्न “एमसिसीले नेपाललाई के दिन्छ : पाठ र शिक्षा” विषयक संवाद कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    एमसिसी गम्भीर विषय भएको बताउँदै उहाँले त्यसअन्तर्गत नेपालमा ट्रान्समिसन लाइन, सडक निर्माण यसको बाह्य पक्ष भएको बताउनुभयो ।

    अमेरिकाले विश्वका कैयौँ देश, जहाँ उसको रणनीतिक महत्त्व देखिन्छ, त्यहाँ एमसिसीलाई कार्यान्वयन गर्ने प्रयत्न गरेको बताउनुभयो ।

    ‘चीन र अमेरिकाको माझमा युद्ध हुँदा नेपाल युद्धभूमि बन्नेछ’ एमसिसीको गम्भीर रणनीतिक लक्ष्य भएको बताउँदै उहाँले भन्नुभयो– ‘चीनका विरुद्ध दलाई लामालाई तिब्बतमा पुनर्स्थापना गर्न खोज्दा उनीहरूमाझ युद्ध हुन सक्छ । तिब्बतमाथि आक्रमण गर्ने क्रममा युद्धभूमि नेपाल नै बन्नेछ, अर्को कुनै विकल्प छैन ।’

    महामन्त्री सिंहले यदि नेपाल युद्धभूमिमा बदलियो भने कस्तो अवस्था निर्माण हुनेछ भन्ने सन्दर्भमा तत्कालका लागि युक्रेन र गाजापट्टीको उदाहरणबाट सिक्न सकिने बताउनुभयो ।

    गाजापट्टीमा उपचार, राहत, स्वास्थ्योपचारजस्ता आधारभूत मानवीय कार्यमा समेत इजरायलले आक्रमण गरेको सन्दर्भ उहाँले मन्तव्यमा उल्लेख गर्नुभयो ।

    ‘एमसिसीबाट नेपालको स्वतन्त्र परराष्ट्रनीति समाप्त हुनेछ नै । कुरा त्यति मात्रै होइन’ एमसिसीको चौतर्फी असरबारे जानकारी दिँदै उहाँले भन्नुभयो– ‘एमसिसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता मात्रै नभएर विश्वशान्तिको सामु गम्भीर खतरा उत्पन्न गरेको छ ।’

    उहाँले एमसिसीको सन्दर्भमा विश्वशान्तिका लागि युद्ध, महायुद्ध र आणविक खतराका विरुद्ध आवाज उठाउनु विश्वभरिका शान्तिप्रेमी नागरिकको कर्तव्य भएको बताउनुभयो ।

    त्यसका लागि कम्युनिस्ट/गैरकम्युनिस्ट, वामपन्थी/गैरवामपन्थीको भेदभाव नगरीकन विश्वभरिका शान्तिकामी जनतामाझ मोर्चाबन्दी हुनुपर्ने बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले नेपालमा पुराना राजनीतिक दलहरूले अमेरिकाको पूर्ण हितमा काम गर्न नसकेकाले नयाँ दलको खोजी गरिरहेको पनि बताउनुभयो ।

    ‘पुराना दलको अमेरिकापरस्त नीति त छ नै’ उहाँले भन्नुभयो– ‘तर त्यतिले मात्रै पुगेन, अब उसलाई अमेरिकाको प्र्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक पार्टी चाहिएको छ । यतिखेर त्यसको खोजी अमेरिकाले गरिरहेको छ ।’

    सङ्क्षिप्त मन्तव्यको क्रममा उहाँले एमसिसीलाई संसद्बाट पारित गर्नुले नै यसको गम्भीरतालाई बुझ्न सकिने बताउनुभयो ।

    ‘सन्धिसम्झौतालाई संसद्बाट पास गर्नुपर्दैन तर नेपालबाट किन एमसिसी पास गरियो ?’ महामन्त्री सिंहले भन्नुभयो– ‘संसद्बाट पारित गरेपछि त्यो कानुन बन्यो । नेपालको संविधान र कानुनसँग बाझिएको हदसम्म एमसिसी सदर भयो । यसले एमसिसी नेपालको राष्ट्रिय र सार्वभौमिकताको विरुद्ध रहेको पुष्टि हुन्छ ।’

    उहाँले प्रारम्भमा नेपालमा एमसिसीको विरुद्ध व्यापक रहेको बताउँदै पछिल्लो समयमा सत्तानिकट कैयौँ राजनीतिक दलले सम्झौता गरेको पनि स्मरण गर्नुभयो ।

    पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रमको आयोजना फाउन्डेसन फर पिस डेभलोपमेन्ट एन्ड सोसिलिज्मले गरेको थियो ।

    काष्ठमण्डप डायलग–२ नाम दिइएको उक्त कार्यक्रम भोलिसम्म चल्नेछ ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.