मेघराज रिष्मेली,
Advertisement
जापान । जापानको ओसाकास्थित दोतोंबोरी भवनमा आगलागी हुँदा छ जना मानिसहरू घाइते भएका छन् ।
१८ अगस्त २०२५ का दिन भएको सो लागलागीमा पाँच जना दमकलकर्मी र हेलिकप्टर सञ्चालन गरिएको थियो ।
आगो विहान करिव नौ बजेदेखि सुरु भएको ओसाका प्रिफेक्चर प्रहरीको मिनामी प्रहरी चौकीले जानकारी दिएको छ ।
ओसाका–मिनामीको व्यस्त व्यवसायिक क्षेत्रमा भएको आगलागीमा घाइते भएका छ, जनालाई अस्पताल लगिएको छ ।
भवनको पहिलो तलाबाट सुरुभएको आगो ओसाका सिटी फायर डिपार्टमेन्टका अनुसार आगो वरपरका अन्य भवनमा करिब ४० वर्ग मिटर क्षेत्रफलसम्म फैलिएको थियो ।