खिमराज चालिसे##
संगरुर । भारतको पञ्जाब राज्यको संगरुरमा मूल प्रवाह नगर समितिको आयोजनामा २०८२ को प्रगतिशील तिजको तैयारी भेला आईतवार ३ अगस्त २०२५ को सम्पन्न सम्पन्न भएको छ ।
भेलाको उद्घाटन मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काले गर्नु भएको थियो । खड्काले उदघाटन मन्तव्यमा प्रगतिशील तिजको कार्यक्रमको महत्व बारे प्रकाश पार्नु भएको थियो । यसै सन्दर्भमा उहाँले संघीयता खारेजीको आन्दोलन, भ्रष्ट्राचार, महंगी र युवाहरु विदेश पलायनको समस्या लगाएतका विषयमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य खेमराज पोखरेल, महिला क्षेत्रीय सदस्य मन्जु शर्मा, सांस्कृतिक विभागका सरिता भुसाल, सिता आचार्य र गंगा आचार्य लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रम लक्ष्मी बिष्टको अध्यक्षता, रामप्रसाद खनालको सञ्चालन र स्वागत मन्तव्य राजु खनालले दिनु भएको थियो ।