दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समिति को आयोजनामा २७ जुलाई २०२५ का दिन तेस्रो बैठक सम्पन्न भएको छ ।
Advertisement
बैठकले महान चाड तीज कार्यक्रम भब्य रूपमा सम्पन्न गर्ने, दिल्लीका विभिन्न स्थानमा सदस्यता वितरण र संगठन निर्माण कार्यलाई व्यापकता साथ अगाडि बढाउने नगर अध्यक्ष सुनिल थापाले हामीलाई जानकारी दिनु भयो ।
बैठक केन्द्रीय वैकल्पिक सदस्य तिलक पाण्डे, क्षेत्रीय सदस्य रामु धमालको मार्ग निर्देशनमा सम्पन्न भएको थियो ।
बैठकले बबिता रोकाहा संयोजकत्वमा महिला नगर विभाग गठन गरिएको छ । जस्मा सदस्यहरूः बिमला थापा, देविका अधिकारी, सपना सुनार, मिना परियार, कोवरी थापा, मिरा सोमै, कमला थापा, माया थापाको समिति गठन गरिएको छ ।
कार्यक्रममा उपस्थित आस्था, तारा, शान्ती, कमला, लक्ष्मी लगायतका कलाकारहरूले गित प्रस्तुत गरेका थिए ।