• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु


  •   शनिबार, साउन १०, २०८२ मा प्रकाशित
  • मस्को । युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । ड्निप्रो सहरमा एक उच्चतला आवासीय भवनमा भएको आक्रमणमा एक व्यक्तिको ज्यान गएको ड्निप्रोका मेयर बोरिस फिलाटोभले जानकारी दिनुभयो । अर्कोतर्फ, रूसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणपछि एक सवारी साधनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको त्यहाँका कार्यवाहक गभर्नर युरी स्लियुसरले पुष्टि गर्नुभयो ।

    Advertisement

    ड्निप्रो, खार्किभ र जापोरिज्जिया लगायतका शहरहरूमा रूसी हमला भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मेयर फिलाटोभले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्दै भन्नुभयो, “म बुझ्छु कि सबै ठाउँमा आश्रय स्थल उपलब्ध छैन, तर गोलाबारीको बेला माथिल्लो तल्लामा बस्नु उचित हुँदैन, विशेषतः जब भूमिगत पार्किङजस्ता सुरक्षित स्थानहरू नजिकै छन् ।”

    खार्किभका मेयर इगोर तेरेखोभका अनुसार शहरमा करिब तीन घण्टा लगातार आक्रमण भएको थियो, जसमा निर्देशित बम, बलिस्टिक क्षेप्यास्त्र र कामिकाजे ड्रोन प्रयोग गरिएको थियो । जापोरिज्जियाका गभर्नर इभान फेदोरोभले रूसी ड्रोन आक्रमणका कारण आगलागी भएको र एक आवासीय भवन र एक कृषि गोदाममा क्षति पुगेको जानकारी दिनुभयो ।

    यसबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको प्रस्ताव राख्दै आगामी अगस्ट महिनाको अन्त्यसम्म भेटवार्ता हुनुपर्ने बताउनुभयो । तर, क्रेमलिनले यस प्रस्तावलाई तत्काल सम्भव नरहेको जनाएको छ । दुबै देशबीच वार्ताका सर्तहरूमा गहिरो मतभेद रहेका छन् । युक्रेनले रूसमाथि निर्णय क्षमताविहीन प्रतिनिधि मात्र पठाएको आरोप लगाउँदै आएको छ, भने रूसले युक्रेनलाई आफूले कब्जा गरेको चारवटा क्षेत्र छोड्न आग्रह गरेको छ, जुन युक्रेनले अस्वीकार्य बताउँदै आएको छ ।

    युक्रेनले अन्तर्राष्ट्रिय सहयोगका लागि आफ्‌ना पश्चिमी सहयोगी राष्ट्रहरूलाई थप हतियार र सुरक्षा सामग्री उपलब्ध गराउन आह्वान गरिरहेको छ, ताकि दैनिक भइरहेका रूसी आक्रमणहरूको सामना गर्न सकियोस् ।

    शनिबार, साउन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.