इस्तानबुल । सन् २०१५ को सम्झौताअन्तर्गत तीन युरोपेली शक्ति राष्ट्रले प्रतिबन्ध पुनः सक्रिय गर्ने (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्नसक्ने चेतावनीका बीच इरानी कूटनीतिज्ञहरूले शुक्रबार जर्मनी, बेलायत र फ्रान्सका समकक्षीसँग नयाँ आणविक वार्ताका लागि भेटवार्ता गर्ने भएका छन्।
स्न्यापब्याक संयन्त्रले इरानविरुद्ध सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ ।
इजरायलले इरानमाथि गत जुनको मध्यमा गरेको आक्रमणपछि इस्तानबुलमा हुन लागेको इरानको यो पहिलो बैठक हो । इजरायली आक्रमणका कारण इजरायल– इरानबचि १२ दिनसम्म युद्ध भएको थियो । जसमा इजरायलले यरानका प्रमुख आणविक तथा सैन्य स्थलहरूलाई निशाना बनाएको थियो।
इजरायलको आक्रमणले शीर्ष कमाण्डर, आणविक वैज्ञानिक र अन्य सयौँको ज्यान लिएको थियो भने आवासीय क्षेत्रमा पनि आक्रमण भएको थियो र यसले अप्रिलमा सुरु भएको अमेरिका–इरान आणविक वार्तालाई पनि बिथोलेको थियो।
त्यसयता युरोपेली शक्तिहरूले सन् २०१५ को आणविक सम्झौताअन्तर्गत अगष्टको अन्त्यसम्ममा इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध लाई पुनस्र्थापित गर्ने ‘प्रतिवन्ध पुनः प्रयोग गर्ने संयन्त्र’सुरु गर्ने चेतावनी दिँदै आएका छन् ।
प्रतिवन्ध पुनः प्रयोग गर्ने संयन्त्र’ सुरु गर्ने विकल्प अक्टोबरमा समाप्त हुन्छ । तेहरानले इ–थ्रीले यसलाई सक्रिय गर्ने विकल्पमा गएमा त्यसबाट आइपर्ने परिणामहरूको जिम्मेवारी इयूले लिनुपर्ने चेतावनी दिएको छ।
“ई–थ्रीद्वारा निष्क्रियता एक विकल्प होइन”, एक युरोपेली स्रोतले भनेको छ, “बैठकको क्रममा तेहरानलाई प्रतिवन्ध पुनः प्रयोग गर्ने संयन्त्र शरद्याममा बन्द हुने जानकारी गराइनेछ।”
स्रोतका अनुसार युरोपेलीहरूले ‘वार्ताबाट समाधानको अभावमा’ संयन्त्रलाई लागू गर्ने तयारी गरिरहेका छन् र इरानलाई युरेनियम संवद्र्धन र संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँग सहयोग पुनः सुरु गर्ने सम्बन्धमा ‘स्पष्ट सङ्केत’ गर्न आह्वान गरेका छन्।
इरानका उपविदेशमन्त्री काजेम घारिबाबादी र वरिष्ठ इरानी कूटनीतिज्ञ माजिद तख्त–रावन्चीले यसै साता प्रतिबन्ध लगाउनु ‘पूर्णतया गैरकानुनी’ भएको चेतावनी दिएका थिए । उनीहरूले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिका एकतर्फी रुपमा पछि हटेपछि युरोपेली शक्तिहरुले सम्झौताप्रतिको आफ्नो प्रतिबद्धता रोकेको आरोप पनि लगाए छ ।