नयाँ दिल्ली । भारतको राजधानी शहर नयाँ दिल्लीबाट नक्कली एनओसी बनाएर विदेश जाँदै गरेका ४७ जना महिलाहरूलाई विदेश जानबाट रोक लगाई स्वदेश पठाइएको छ । उनीहरू दिल्लीस्थित इन्द्रगान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा अध्यागमनको दौरानमा पक्राउ परेका थिए ।
Advertisement
साउदी एयरको उडानमार्फत जुलाई २२, २०२५ का दिन बोर्डिङ पास लिइ कुवेत जाने क्रममा एनओसी संकास्पद देखेपछि अध्यागमनले दूतावासलाई सम्पर्क गरेको थियो । छानविन गर्दा सबै एनओसी नक्कली भएको प्रमाणित भएको थियो । तत्काल उनीहरुलाई कुवेत जानबाट रोक लगाई दूतावासले स्वदेश फर्काएको जनाएको छ ।
यसै बीच राजदूत डा. शंकरप्रसाद शर्माले एक वक्तव्य जारि गरि उनीउनीहरूलाई रुपन्देही जिल्ला प्रशासन कार्यालयलाई बुझाउने गरि बसमार्फ स्वदेश फर्काएको जानकारी गराएका छन् ।


