नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत सञ्चालित मध्य दिल्ली एरिया अन्तर्गत मस्जित मोडमा टोल भेला सम्पन्न भएको छ । एरिया सदस्य मन्जु रायमाझी एवं बसन्ता थापाको पहल तथा केन्द्रीय सल्लाकार ठाकुर खनाल र नगर सचिव विष्णु खनालको विषेश उपस्थितीमा महिला दिदी बहिनीको भेला भएको छ ।
Advertisement
भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लक्ष्य उदेश्य र संगठनात्मक पद्वतीबारे चर्चा परिचर्चा भयो । भेलाले गिता पौडेलको अध्यक्षतामाः १५ सदस्यीय मस्जीतमोठ समिति गठन गरियो । जसमाः उपाध्यक्ष– बसन्ता थापा, सचिव– सचिव सबु खनाल, सहसचिव– संगिता मरासीनी, कोषाध्यक्ष– राधिका बन्जाडे, सदस्यमाः मन्जु रायमाझी, मनकला केसी, शारदा भाट, मिना गैरे, गोमा खत्री, अस्मीता पाण्डे, शान्ता भाट, शान्ता खत्री, बिमला रायमाझी एक स्थान रिक्त रहनुभएको छ ।