• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

खर्च रुपैयाँ, आम्दानी चउन्नी


  •   बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
  • वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु. छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु. ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।

    Advertisement

    गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु. एक खर्ब ९१ अर्ब ८८ करोड रकमको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल रु. ५७ अर्ब ६८ करोडको रहेको छ ।

    वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आवमा आयात र निर्यातमा दुबैमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । “गत आवमा आयात र निर्यात दुबैमा उल्लेखीय सुधार भएको देखिन्छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुनसक्छ ।”

    गत आवमा मेसिनरी तथा तिनका पार्टपुर्जा रु. ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । रु. ३४ अर्ब ४१ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा रु. २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।

    गत आवमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । रु. एक खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । अघिल्लो आवमा यो नाका हुँदै रु. ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएको थियो । सो आवको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशतअर्थात् रु. ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।

    सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको प्रशोधित तेल रहेको छ । गत आवमा रु. ६१ अर्ब ४५ करोड मूल्य पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो ।

    जबकी अघिल्लो आवमा रु. नौ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो । त्यसैगरी गत आवमा रु. नौ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ । अघिल्लो आवमा रु. १० करोड मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।

    गत आवमा रु. सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आवमा रु. आठ अर्ब ५९ करोड मूल्य पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।

    गत आवमा रु. पाँच अर्ब ३७ करोड मूल्य पर्ने चार करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ । अघिल्लो आवको सोही अवधिमा रु. आठ अर्ब ५९ करोड मूल्य पर्ने सात करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।

    प्रधानमन्त्री के भन्छन् ?

    तर प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ ।

    आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”

    बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु
    अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान
    भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • २.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ३.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ४.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ५.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ६.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    • ७.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • ८.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.