कुवेत । मध्यपूर्वकै बहुचर्चित बजार लुलु हाइपरमार्केट कुवेतले नेपालबाट आयात गरिएका ताजा र गुणस्तरीय तरकारी बिक्री गर्न थालेको छ ।
Advertisement
कुवेतको अलराईस्थित लुलु हाइपरमार्केटमा जुलाई १५, २०२५ का दिन उद्घाटन कार्यक्रम आयोजना गर्दै तरकारीको विक्री सुरु गरिएको हो ।
कार्यक्रममा कुवेतस्थित राजदूतावासका राजदूत घनश्याम लम्साल, श्रम सहचारी गिरीप्रसाद आचार्य र तृतीय सचिव रामपुनित यादव र लुलु हाइपरमार्केटका वरिष्ठ व्यवस्थापनको उपस्थित रहेको थिए ।
आयात गरिएका ताजा र गुणस्तरीय तरकारी सिमी, लामो बोडी, अकबरे खुर्सानी, इस्कुस, करेला, बाँसको तामालगायतका तरकारीको सार्वजनिक गरिएको थियो ।
नेपालबाट सामान इन्टरनेसनल प्राइभेट लिमिटेडमार्फत तरकारी लगिएको हो । आगामी दिनमा अर्गानिक ओभोकाडो, स्याउ, लिची, कफीसमेत लैजाने बताइएको छ ।
