खिमराज चालिसे, फतेहावाद (भारत) ।
हरियाणाको फतेहवादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नगर अध्यक्ष कृष्णप्रसाद खनाललाई बिदाई गरिएको छ ।
पब्लिक हेल्थ विभागबाट सेवानिवृत्त भएपछि जुलाई १२, २०२५ का दिन औपचारिक कार्यक्रमको आयोजना गर्दै उहाँलाई बिदाई गरिएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरे र नगर समितिका कावा अध्यक्ष केबी किसानले प्रशंसापत्र दिएर सम्मान गर्नुभएको थियो ।
समारोहमा सोमरेले खनालले सङ्गठनमा खेल्नुभएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो भने खनालले स्वदेशमा फर्केर निरन्तर पार्टीसङ्गठनको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय सदस्य लालबहादुर चुदाली, नगर उपाध्यक्ष केबी किसान, महिला सदस्य सङ्गीता ताम्राकार, नगर सचिव बाबुराम जिसीलगायतको उपस्थिति रहेको थियो ।
सन् १९८५ मा मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्मेवारी निभाउँदै आउनुभएका खनाल मूल प्रवाह फतेहवादका अध्यक्षसमेत रहनुभएको थियो ।


