दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिको पलहलमा एकजना आर्थिक रुपमा असक्त इन्द्रबहादुर सार्कीको परिवार आर्थिक सहयोग गरिएको छ ।
Advertisement
श्रीमान इन्द्रबहादुर सार्की नेपाल घर बागलुङ जिल्ला बाटाकाचौर २ निवासी भई हाल रजापुर गाउँ, रोहीणी दिल्लीमा रहँदै आउनु भएको थियो । वहाँकी श्रीमती कमला सार्की सोही स्थानमा रहँदै आएकी छिन् ।
इन्द्रबहादुर सार्की केहि महिनादेखि बिमारी हुनुहुन्थ्यो । उहाँको मृत्युको खबर थाहा पाउने वित्ती कै मूल प्रवाह दिल्ली नगर समितिका कार्यकर्ताहरूले आर्थिक संकलन गरि रु. १२ हजार आइसी सहयोग गरिएको छ ।

