विकाश ठकुरी#
भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत विद्यानगर, विकास नगर र सेक्टर १३को संयुक्त भेला सम्पन्न भएको छ । भेलाले तिनैवटा समिति निर्माण गरेको छ ।
वि.वि.कोपिलाको अध्यक्षता र मनिराम अधिकारीको सञ्चालनबाट भेला अगाडि बढेको थियोे । ज्ञात अज्ञात सहिदहरूप्रति १ मिनेट मौनधारणा पछि नगर समिति सदस्य चोपबहादुर पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियोे ।
केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्यको प्रमुख अथिती रहेको थियो, अन्य अथितिमा क्षेत्रीय सदस्य एवं नगर सचिव गोर्वधन विक, क्षेत्रीय समता बिभाग सदस्य अशोक सुनार, क्षेत्रीय महिला बिभाग सदस्य हस्तुदेबी विक, विद्यार्थी संघ सदस्य मनिशा परियार हुनुहुन्थ्यो ।
विद्यानगर टोलबाट प्रगति प्रतिवेदन टोल सचिव विकाश मल्लले पढेर सबैमाझ पेश गर्नुभएको थियोे । विकसनगर टोलबाट श्याम विक र सेक्टर १३ देखि मोहन सिंह विकले प्रस्तुत गर्नुभएको थियोे ।
विद्यानगर टोल समिति :
अध्यक्ष– नारायण परियार, उपाध्यक्ष– नवीन थापा, सचिव– विकाश मल्ल, कोषाध्यक्ष– मनिराम अधिकारी, सदस्यहरूमा सोमबहादुर गुरुङ, धनबहादुर सोमै, राजु जि.एम., मुक्तबहादुर सारु, गोबिन्द परियार, धनबहादुर नेपाली, राजकुमार बरम, जुमबहादुर रास्कोटी र एक स्थान रिक्त सहित १३ सदस्यीय समिति गठन भएको छ ।
विकासनगर टोल समिति :
अध्यक्ष– श्याम विक, उपाध्यक्ष– गोविन्द विक, कोषाध्यक्ष– प्रकाश के.सी., सचिव– भूपबहादुर थापा क्षेत्री, सदस्यहरूमाः राजु सोनी, लोकबहादुर बलाल, बिष्णु जिसी, तुलबहादुर गाहा, सहित एक स्थान रिक्त राखी ९ सदस्यको समिति गठन भएको छ ।
सेक्टर १३ टोल समिति :
अध्यक्ष– मनोज शर्मा, उपाध्यक्ष– अमित, कोषाध्यक्ष– मोहनसिंह विक, सचिव– सतिस नेपाली, सदस्यहरूमाः मानबहादुर रायमाझी, हरि सारी, सुरेन्द्र सिंह ठकुरी, पदम सिंह ठकुरी, बिशाल नेपाली, प्रकाश सिंह ठकुरी, पाशाङ्ग सेर्पा, बिष्णु जिसी, सहित एक स्थान रिक्त गरि १३ सदस्य को समिति गठन गरेको छ ।
भेलामा प्रमुख अतिथी सालिकराम आचार्यले देशको अवस्था र राजमोले सञ्चालन गरेको राष्ट्रियता, गणतन्त्रको रक्षाको चलाएको आन्दोलनबारे प्रकास पार्दै अहिले अवसरवादीहरू र पुनर्उस्थानवादीहरू नेपाली जनतालाई मूूर्ख बनाई सत्तामा जाने प्रयास गरेकोमा हामी सबै सचेत हुनुपर्ने धारणा राख्नु भयो ।
भेलामा अथितीहरूले नवनिर्वाचित टोल समितिलाई बधाई तथा कार्यकालको शुभकामना दिनुभयो ।