दैलेख । राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरत शाहीले दैलेखका विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका नागरिकलाई राहत वितरण गर्नुभएको छ ।
Advertisement
कोरोना संक्रमण फैलन नदिन क्वारेन्टिनमा कष्टसँग बसेका करिब एक हजार जनालाई शाहीले विभिन्न सामग्री हस्तान्तरण गर्नुभयो ।
नगर प्रमुख सुर्य बहादुर शाहीमार्फत राजमो प्रदेश अध्यक्ष शाहीले ५०० किलो चिउरा, १००० पिस मास्क र ५०० पिस साबुन लगायत ६७ हजार बराबरको राहत हस्तान्तरण गर्नु भएको छ ।
सो सामग्री स्थानीय बासिन्दा, एनएस हाईड्रो, बिएस हाईड्रो र केडीएन निर्माण कम्पनीका सञ्चालक नवीन कुमार शाही, इन्जिनियर युद्धबिक्र शाही र धिरेन्द्र शाहीले संयुक्त रूपमा सहयोग गर्नु भएको हो ।