• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नागाल्यान्डका मुख्यमन्त्रीलाई मूल प्रवाहको ज्ञापन, नेपालीलाई निर्वाध मजदुरी र व्यवसाय गर्न देऊ


  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
  • कोहिमा, नागाल्यान्ड (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता एमाजले नागाल्यान्डका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    नेपाली नागरिकलाई निर्वाध रुपमा मजदुरी तथा व्यवसाय गर्न दिन माग गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य हिमलाल सापकोटाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो ।

    नागाल्यान्ड सरकारले हालै ‘इनरलाइन परमिट’ लागू गरेकोपछि नेपालीहरू समस्यामा परेका छन् ।

    इनरलाइन परमिटका कारण नागाल्यान्डमा नेपाली श्रमजीविहरूलाई आई परेको समस्या समाधन गर्न माग गर्दै मूल प्रवाह त्यहाँका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।

    ज्ञापन पत्रमा भनिएको इनरलाइन परमिट सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धीको भावना विपरित भएको र यसले नेपालीहरूको हक अधिकारको हनन भएको उल्लेख छ ।

    १९५० को सन्धीद्वारा प्राप्त हक अधिकार सुनिश्चित गर्नु दुववै सरकोको दायित्व भएको हुँदा नेपालीहरूलाई नेपाली पहिचान (नेपाली प्रमाण पत्र)को आधारमा निर्वाधरूपमा आवागमन र व्यवसाय, रोजगार आदी गर्ने वातावरण सुनिश्चित गर्न मूल प्रवाहले माग गरेको छ ।

    यस्तो छ ज्ञापन पत्र
    माननीय मुख्यमन्त्री, नागाल्यान्ड सरकार
    मुख्यमन्त्री कार्यालय, कोहिमा
    विषयः ज्ञापनपत्र (इनर लाइन परमिट बारे)

    महोदय,
    मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाज एक सामाजिक संस्था हो। हाम्रो संस्था भारतमा बसोबास गर्ने नेपालीहरूको हक अधिकार र सामाजिक उत्थानको लागि कार्यरत छ। हामी नागाल्यान्ड सरकारको गृह विभागद्वारा मितिः १५ मई २०२५ मा जारी गरिएको नोटिसमा इनर लाइन परमिट दोहोर्याएको हुँदा, इनरलाइन परमिट र त्यसले उत्पन्न समस्याहरूप्रति ध्यानाकर्षण गराउँदै समाधानको लागि यो ज्ञापन पत्र प्रस्तुत गर्दछौँ ।

    १) नेपाल र भारतबीच प्राचीनकालदेखि नै मित्रता रहँदै आएको छ । धार्मिक विश्वासका आधारमा दुवै देशका विभिन्न स्थानमा विभिन्न देवीदेवताहरूको मठ, मन्दिर एवं तीर्थस्थलहरू छन । त्यसैले प्राचिनकाल देखिनै धार्मिक तीर्थयात्राका लागि एक दोस्रो देशमा आवतजावत हुने गरेको छ। समय बित्दै जाँदा दुवै देशको सिमाना निर्धारण गरियो र आवतजावतका लागि नियम र कानुनहरू पनि बनाइयो। यससँगै दुई देशबीच कूटनीतिक सम्बन्धका लागि विभिन्न सन्धि सम्झौताहरू भए। भारत र नेपाल सरकारहरूबीच जुलाई ३१, १६५० मा शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। यसले नेपाल–भारत मैत्री सम्बन्धलाई अझ बलियो बनायो ।

    २) १६५०को नेपाल भारत शान्ति तथा मैत्री सन्धि अनुसार भारत र नेपालका सरकारहरूले पारस्परिक आधारमा, एक देशका नागरिकहरूलाई अर्को देशको भूभागमा बसोबास गर्ने, सम्पत्तिको स्वामित्व पाउने, व्यापार र वाणिज्यमा भाग लिने, यात्रा गर्ने र समान प्रकृतिको अधिकार का साथै राष्ट्रिय व्यवहार प्रदान गर्ने प्रतिवद्धता प्रकट गरिएको छ। एक अर्काको देशमा समान व्यवहार भएको सुनिश्चित गर्ने दायित्व भारत र नेपाल बीचको छिमेकी मैत्रीपूर्ण सम्बन्ध प्रतीकको रूपमा सत्तामा रहेका सरकारहरूको हुन आउँछ ।

    ३) उक्त सन्धिको आधारमा धेरै भारतीय नागरिकहरू नेपालमा काम गरिरहेका छन् र नेपाली नागरिकहरू भारतमा काम गरिरहेका छन् नेपालीहरूले भारतको सिमानाको रक्षा गर्न आफ्नो जीवन बलिदान दिएका छन् । आज पनि सेवा गरिरहेका छन् यसका साथै, विभिन्न राज्यहरूमा विकास र औद्योगिक उत्पादनमा काम गरेर आर्थिक प्रगतिमा योगदान र्पुयाइरहेका छन् । साथै आफ्नो जीवनयापन गरि रहेका छन् । सन्धिको प्रावधान अनुसार, नेपालका नागरिकहरू पनि भारतीय नागरिकहरू जस्तै समान अवसर र सुविधाको हकदार छन्, तर भारतमा बस्ने नेपाली नागरिकहरूले भेदभावको सामना गर्नु परि रहेको छ ।

    नागाल्यान्ड सरकारद्वारा जारी इनरलाइन परमिटको व्यावस्था अनुसार व्वसायी एवं मजदुरका लागि आधार कार्ड र स्थानीय ग्यारेन्टरको आवश्यकता देखाइएको छ, जो १६५० को शान्ति तथा मैत्री सन्धीको भावना विपरित छ ।

    अतः भारतमा नेपाली नागरिकहरूलाई नेपाली परिचय पत्रको अधारमा निर्वाध रूपमा आवागमन गर्ने काम गर्ने वातावरण निर्माण गर्न माग गर्दछौँ । यसले सरकार र प्रशासनसँग दुई देशहरू बीचको मित्रता र विश्वास कायम राख्नेछ ।
    धन्यवाद

    प्रतिनिधि मण्डल
    १) हिमलाल सापकोटा, केन्द्रीय सदस्य
    २) भीम बहादुर श्रेष्ठ, उपाध्यक्ष पूर्वोत्तर क्षेत्रीय समिति
    ३) अर्जुन कुमार तमाङ, सदस्य कोहिमा नगर समिति
    ४) इन्द्र परियार, सदस्य कोहिमा नगर समिति

    मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.