खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको पन्जाब मोहाली सेक्टर–८२ मा दुर्घटनामा परी गम्भीर घाइते प्युठानका २६ वर्षीय राजु केसीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले २२ हजार ८० रुपियाँ आर्थिक सहयोग गरेको छ ।
मूल प्रवाहको चन्डिगढ नगर समितिले जुन १, २०२५ का दिन उपचारार्थ सो सहयोग गरेको हो ।
पीडित राजुलाई मूल प्रवाहका नगर अध्यक्ष मानबहादुर केसी, उपाध्यक्ष प्रेम गुरुङ, नगर सदस्यहरू किसन खनाल, लीला विक र निमानन्द आचार्यसहितको टिमले अस्पतालमा पुगी सहयोग हस्तान्तरण गरेका थिए ।
गत मे १७ का दिन गम्भीर दुर्घटनामा परी बेबारिसे अवस्थामा कुनै अपरिचितले सिभिल अस्पताल मोहालीको इमर्जेन्सीमा भर्ना गरिएको थाहा पाएपछि निजबारे बुझ्न मूल प्रवाह अस्पतालमा पुगेको थियो ।
जाँचबुझको दौरानमा पीडित केसीको आर्थिक अवस्था कमजोर भएको जानकारी प्राप्त भएपछि मूल प्रवाहका कार्यकर्ताले आर्थिक सङ्कलन गरेका थिए ।
पीडित केसी प्युठान जिल्ला, गौमुखी गाउँपालिका वडा नम्बर ५ सुन्दरमेला निवासी हुन् । उनी दुर्घटना हुनुभन्दा तीन दिनपहिला मात्र मोहालीमा आएको थाहा लागेको छ ।