• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रज्ञा–प्रतिष्ठानको सङ्गोष्ठी समापन


  •   शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिकशास्त्र विभागद्वारा आयोजित दुईदिने सङ्गोष्ठी समापन भएको छ ।

    Advertisement

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेको उद्घाटनसँगै हिजो सुरु भएको सो कार्यक्रम दोस्रो दिन २०८२ जेठ १७ गते शनिबार समापन भएको हो ।

    विभागकी प्रमुख डा कौशिला रिसालको अध्यक्षतामा सुरु भएको सो कार्यक्रमको सञ्चालन विश्वेश्वर कट्टेलले गर्नुभएको थियो ।

    पहिलो सत्र

    प्राडा त्रिरत्न मानन्धरको सत्राध्यक्षतामा सुरु भएको पहिलो सेसनमा प्राडा दीपबहादुर अधिकारीले ‘स्वास्थ्यविज्ञानको समाजशास्त्रीय विश्लेषण’, डा. हिमलाल श्रेष्ठले ‘पर्यावरणको वैज्ञानिक विश्लेषण : विधि र चुनौतीहरू’, डा लक्ष्मी थापामगरले ‘असमानताबाट वैचारिक रूपान्तरणतर्फ : सामाजिक विभेदले पारेको प्रभाव’ र प्रकाश थापामगरले ‘उत्पीडनका सामाजिक प्रभावहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यपत्रमाथि जिज्ञासा राख्दै फ्लोरबाट सोमबहादुर धिमाल, निनाम लोवात्ती कुलुङ, अशोककुमार पाठक, जीवनारायण खनाल, केबी घले र कर्ण दयालले छलफलमा भाग लिनुभएको थियो ।

    चारै जना कार्यपत्र प्रस्तोताले सो जिज्ञासाबारे आआफ्ना धारणा राख्नुभएको थियो ।

    सङ्क्षिप्त मन्तव्य राख्दै सत्राध्यक्ष प्राडा मानन्धरले सो सत्रको समापन गर्नुभएको थियो ।

    दोस्रो सत्र

    प्राडा सोमप्रसाद खतिवडाको सत्राध्यक्षतामा दोस्रो सत्र सुरु भएको थियो ।

    सो सेसनमा डा. पासाङ शेर्पाको ‘हिमाली क्षेत्रमा प्रचलित आम्ची (सोवारिग्पा) उपचार पद्धति’, धनबहादुर रेश्मीको ‘सार्वजनिक विद्यालयमा हुने सामाजिक भेदभावको प्रभाव : जनजाति र दलित विद्यार्थी विरुद्धको प्रतीकात्मक हिंसा’, माधव घिमिरेको ‘परमाणु कारणवादको सामाजिक उपयोगिता’ र भैरवराज रेग्मीको ‘नेपाली किसानका समस्याको समाजशास्त्रीय अध्ययन’ विषयक कार्यपत्र प्रस्तुत भएका थिए ।

    कार्यपत्रमा प्रा.डा. त्रिरत्न मानन्धर, ईश्वरी शर्मा, सोमप्रसाद धिमाल, हिमाल गिरी, भीमा खजुम, अशोककुमार पाठक र कर्ण दलालले जिज्ञासा राख्नुभएको थियो ।

    कार्यपत्र प्रस्तोताले सो जिज्ञासाबारे आआफ्नो विचार राख्नुभएपछि सत्राध्यक्ष खतिवडाले दोस्रो सत्रको पनि समापन गर्नुभएको थियो ।

    प्यानल छलफल

    सङ्गोष्ठीको यो सत्रमा ‘राष्ट्रिय चिन्तन’ विषयमाथि केन्द्रित रहेर प्यानल छलफल भएको थियो ।

    सो छलफलमा प्राडा विद्यानाथ कोइराला, डा आनन्द पौडेल र डा ठाकुर भट्टले विश्वेश्वर कट्टेलका विभिन्न चरणका प्रश्नको जवाफ दिँदै धारणा राख्नुभएको थियो ।

    समापन

    समापन कार्यक्रम डा विष्णुकुमार सिँजालीको सञ्चालनमा अघि बढेको थियो ।

    डा लक्ष्मी थापामगर, प्राडा शम्भुप्रसाद खतिवडा र केशव नेपालले सङ्क्षिप्तमा सङ्गोष्ठीको अनुभव राख्नुभएको सो कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।

    अतिथि, कार्यपत्र प्रस्तोतालगायतलाई सदस्यसचिव सुवेदीको हातबाट प्रशंसापत्र वितरण गरिएपछि कार्यक्रमको समापन सभाध्यक्ष डा कौशिला रिसालले गर्नुभएको थियो ।

    प्रज्ञाको वार्षिक सङ्गोष्ठी सुरु : संस्कृतिमन्त्री पाण्डेद्वारा उद्घाटन, पहिलो कार्यपत्र प्रा.डा. गौतमको

    सङ्गोष्ठीका केही फोटा

    oplus_0

    oplus_0

    oplus_0

    oplus_0

    oplus_0

    oplus_0

    oplus_0

    oplus_0

    oplus_0

    oplus_0

    शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.