• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रज्ञाको वार्षिक सङ्गोष्ठी सुरु : संस्कृतिमन्त्री पाण्डेद्वारा उद्घाटन, पहिलो कार्यपत्र प्रा.डा. गौतमको


  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागको वार्षिक सङ्गोष्ठी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेको उद्घाटन तथा प्रा.डा. श्रीधर गौतमको पहिलो कार्यपत्रसँगै सुरु भएको छ ।

    Advertisement

    ‘नेपाली समाजका विविधता’ विषय सो गोष्ठी प्रतिष्ठानको देवकोटा कक्षमा २०८२ जेठ १६ गते शुक्रबारदेखि सो कार्यक्रम सुरु भएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पाण्डेले समाजशास्त्रअन्तर्गत हुने अध्ययन–अनुसन्धानको गलत निष्कर्षले सिङ्गो देश दुर्घटनामा पर्न सक्ने बताउनुभयो ।

    नेपालले अध्ययन–अनुसन्धानमा साधन र समयको पर्याप्त लगानी गर्न नसकेको बताउँदै उहाँले अध्ययनको निष्कर्ष कार्यान्वयन गर्ने सन्दर्भमा पनि राज्यले रुचि नराखेको स्वीकार गर्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले अध्ययन–अनुसन्धानमा संलग्न प्राविधिकलाई प्राज्ञिक जनशक्तिसित जोड्न सकिए अनुसन्धानले सही निष्कर्ष दिन सक्ने धारणासमेत राख्नुभयो ।

    सन्ध्या पहाडीको सञ्चालन तथा विभागकी अध्यक्ष डा. कौशिला रिसालको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले विषयवस्तुको प्रस्तुतिसहित स्वागत मन्तव्य राख्नुभएको थियो ।

    उद्घाटन सत्रलाई ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारादमणि हार्तछाम्ली, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, पूर्व प्राज्ञ डा. दिनेशराज पन्तले शुभकामना दिनुभएको थियो ।

    दोस्रो सत्र

    कार्यक्रमको दोस्रो सत्र सामाजिकशास्त्र विभागका सदस्य डा. विष्णुकुमार सिँजालीको सञ्चालन तथा हेमराज ढकाल (पिएचडी) को अध्यक्षतामा अघि बढेको थियो ।

    प्रा.डा. सुरेश ढकालले मुख्य वक्ताको रूपमा मन्तव्य राख्नुभएपछि प्रा.डा. श्रीधर गौतमले ‘वैज्ञानिक समाजवाद र संस्कृति’, प्रा.डा. शम्भुप्रसाद खतिवडाले ‘सामाजिकशास्त्र अध्ययनका नयाँ आयामहरू’, डा. उत्तम खनालले ‘समाजवादोन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता’, डा. टिकाराम पोखरेलले ‘सीमान्तकृत समुदायका सवाल र मानवअधिकार’ र ईश्वरचन्द्र ज्ञवालीले ‘समाजवाद र संस्कृतिको विश्लेषण’ विषयक कार्यपत्र प्रस्तुत भएको थियो ।

    प्रस्तुत सबै कार्यपत्रमाथि फ्लोरबाट ईश्वरीप्रसाद शर्मा, अशोककुमार पाठक, डा. ठाकुर भट्ट, डा. लक्ष्मी थापामगर, करन दयाल, हिमाल गिरी, डा. भागवत आचार्य र केशव नेपालले जिज्ञासा व्यक्त गर्नुभएको थियो ।

    प्यानल छलफल

    सङ्गोष्ठीको मुख्य विषयमाथि आधारित रहेर सञ्चालक विष्णुकुमार सिँजालीले प्यानल छलफल अगाडि बढाउनुभएको थियो ।

    सो क्रममा प्रा.डा. विनोद पोखरेल, प्रा.डा. सुरेन्द्र केसी, केशव नेपाल र डा. केशव सिलवालले सञ्चालकका प्रश्नको उत्तर दिनुभएको थियो ।

    फ्लोरबाट हेमराज ढकाल, डा. लक्ष्मी थापामगर, भीमा खजुम, डा. भोजविक्रम बुढामगरलगायतले  जिज्ञासा राख्नुभएको थियो ।

    कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान तथा प्रज्ञाबाहिरका विद्वान्, दर्शक, स्रोताको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

    जेठ १७ गते आठ कार्यपत्र पेस हुँदै

    भोलि जेठ १७ गते आठओटा कार्यत्रपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

    विभागकी अध्यक्ष डा. कौशिला रिसालका अनुसार भोलि प्रा.डा. दीपबहादुर अधिकारीको ‘स्वास्थ्यविज्ञानको समाजशास्त्रीय अध्ययन’, डा. हिमलाल श्रेष्ठको ‘पर्यावरणको वैज्ञानिक विश्लेषण : विधि र चुनौतीहरू’, डा. लक्ष्मी थापामगरको ‘असमानताबाट वैचारिक रूपान्तरणतर्फ : सामाजिक विभेदले पारेको प्रभाव’ र प्रकाश थापामगरको ‘उत्पीडनका समाजिक प्रभावहरू’ विषयक कार्यपत्र पहिलो सेसनमा प्रस्तुत हुनेछ ।

    त्यस्तै, डा. पासाङ शेर्पाको ‘हिमाली क्षेत्रमा प्रचलित आम्ची (सोवारिग्पा) उपचार पद्धति’, धनबहादुर रेश्मीको ‘सार्वजनिक विद्यालयमा हुने सामाजिक भेदभावको प्रभाव : जनजाति र दलित विद्यार्थी विरुद्धको प्रतीकात्मक हिंसा’, माधव घिमिरेको ‘परमाणु कारणवादको सामाजिक उपयोगिता’ र भैरवराज रेग्मीको ‘नेपाली किसानको समाजशास्त्रीय अध्ययन’ विषयक कार्यपत्र दोस्रो सेसनमा प्रस्तुत हुनेछन् ।

    पहिलो सेसनको अध्यक्षता डा. त्रिरत्न मानन्धरले तथा दोस्रो सत्रको अध्यक्षता प्रा.डा. सोमप्रसाद खतिवडाले अध्यक्षता गर्नुहुनेछ भने कार्यक्रमको सञ्चालन विश्वेश्वर कट्टेलले गर्नुहुनेछ ।

    ‘राष्ट्रिय चिन्तन’ विषयक प्यानल छलफलमा प्राडा विद्यानाथ कोइराला, डा. आनन्द पौडेल, डा. ठाकुर भट्ट र डा. तारामणि राईले मन्तव्य राख्नुहुनेछ । त्यसको लगत्तै समापन कार्यक्रम आयोजना गरिनेछ ।

       

    शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • २.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ३.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ४.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ५.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ६.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ७.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ८.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.