• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

गणतन्त्ररक्षार्थ अन्तरक्रिया कार्यक्रममा कसले के भने ?


  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । गणतन्त्ररक्षार्थ राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले २०८२ जेठ १० गते शनिबार अन्तरक्रियात्मक भेटघाट कार्यक्रम सम्पन्न गऱ्यो ।

    Advertisement

    कार्यक्रम नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो ।

    मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित “गणतन्त्रमाथि अन्तरक्रियात्मक भेटघाट” विषयक अवधारणापत्र प्रस्तुत भएपछि सो कार्यक्रममा अध्यक्ष केसीले विषयवस्तुबारे जानकारी गराउँदै मन्तव्य राख्नुभएको थियो ।

    राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको अध्यक्षता, महासचिव मनोज भट्टको सञ्चालन र केन्द्रीय सल्लाहकार आनन्द शर्माको स्वागत मन्तव्यसँगै अघि बढेको उक्त कार्यक्रममा महामन्त्री सिंहले कार्यक्रमको अन्तमा सारवस्तुसहितको मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा फ्लोरबाट १६ जना व्यक्तित्वले मन्तव्य राख्नुभएको छ । यहाँ अत्यन्त सङ्क्षिप्तमा उहाँहरूका विचारलाई प्रस्तुत गरिएको छ ।

    १. अधिवक्ता गोविन्द कोइराला ‘बन्दी’

    पूर्व कानुनमन्त्रीसमेत रहनुभएका अधिवक्ता गोविन्द कोइराला ॅबन्दी’ ले अवधारणापत्रमा खोट लगाउने ठाउँ नभएको बताउनुभयो ।

    व्यवस्था परिवर्तन भए पनि सत्तारूढ दलका नेताका जीवनशैली परिवर्तन नभएको बताउँदै उहाँले सांस्कृतिक रूपान्तरण आवश्यक रहेको बताउनुभयो ।

    खालि गणतन्त्र उत्कृष्ट व्यवस्था हो भनेर नहुने, त्यसका लागि सत्तामा बस्नेले त्यसलाई प्रमाणित गर्नुपर्ने उहाँको तर्क थियो ।
    उहाँले देशमा पटक पटक व्यवस्था परिवर्तन हुँदा दलको सहभागिता सुनिश्चित भएको तर उनीहरूले उठाएका मुद्दा सम्बोधन नभएको धारणा राख्नुभयो ।

    २. प्राडा गोपाल पोखरेल ‘विवश’

    कार्यक्रममा मन्तव्य राख्दै प्राडा गोपाल पोखरेल ॅविवश’ ले सङ्घीयता अनावश्यक रहेको बताउनुभयो ।

    सङ्घीयता लागु भएपछि अहिलेसम्म आफूलाई हेटौँडा जानुनपरेको बताउँदै उहाँले सङ्घीयता अनुचित व्यवस्था भएको दाबी गर्नुभयो ।

    उहाँले राजनीतिक अदूरदर्शिता रहेका वर्तमान राजनीतिक नेतृत्वको विरुद्ध पनि आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    ३. झलक सुवेदी

    लेखक झलक सुवेदीले गणतन्त्रमाथि २०१७ वा २०५९ सालमा जस्तो खतरा आइसकेको आफूलाई नलागेको बताउनुभयो ।

    फेरि पनि यतिखेर देखा परेको सङ्कटलाई भजाउन पूर्व राजा ज्ञानेन्द्र लागेको भने उहाँले स्वीकार गर्नुभयो ।

    यतिखेर देशमा आसेपासे पुँजीवाद हावी रहेको बताउँदै उहाँले नेपाली जनताले दलमार्फत लोकतन्त्र खोजेकाले त्यसको प्रत्याभूति हुनुपर्ने बताउनुभयो ।

    ४. नवराज सुवेदी

    साउदी अरबका लागि राजदूत रहिसक्नुभएका नवराज सुवेदीले गणतन्त्र पक्षधर दलको व्यवहारका कारणले उनीहरूप्रतिको जनविश्वास समाप्त भइसकेको धारणा राख्नुभयो ।

    सत्तामा पुग्दाबित्तिकै ठालु हुने प्रवृत्ति नेपाली राजनीतिको एउटा विकृति भएको उहाँको ठम्याइ थियो ।

    मोहनविक्रम सिंहको नेतृत्वमा गणतन्त्र बचाउने आन्दोलन अगाडि बढाउने हो भने आफूहरू सरिक हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

    ५. डा. पशुपति न्यौपाने

    पशुपतिनाथ क्षेत्रको विषयमा विद्यावारिधि गर्नुभएका डा. पशुपति न्यौपानेले अमेरिकासित टक्कर लिन सक्छु भन्ने मनोविज्ञान कायम गर्ने गरी विश्वविद्यालयले जनशक्ति तयार पार्नमा जोड दिनुभयो ।

    उहाँले इकोनोमिक मोडालिटीको बारेमा बहस गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    डा. न्यौपानेले नेपालमा विकासका प्रशस्त पूर्वाधार रहेकाले त्यसबारे छलफल गरिनुपर्ने बताउनुभयो ।

    ६. अधिवक्ता एकनारायण भण्डारी

    अधिवक्ता एकनारायण भण्डारीले गणतन्त्रभन्दा पनि सरकारमा बसेकाहरूको भ्रष्ट कार्यशैली चुनौती भएको विचार व्यक्त गर्नुभयो ।

    एउटा पनि कानुन नबनाएर एउटा संसद् अधिवेशन विघटन हुने गरेको तथ्य उहाँले यस सम्बन्धमा प्रस्तुत गर्नुभयो ।

    गणतन्त्र, राष्ट्रियता र समाजवादको पक्षमा कार्यगत एकता आवश्यक रहेको उहाँले बताउनुभयो । यस सन्दर्भमा उहाँले मोहनविक्रम सिंहको नेतृत्वमा संयुक्त मोर्चा गठन गर्न आग्रह गर्नुभयो ।

    ७. अधिवक्ता टिकाराम भट्टराई

    अधिवक्ता टिकाराम भट्टराईले गणतन्त्र खराबबिचको राम्रो व्यवस्था भएको बताउँदै यसमाथिको प्रहारलाई समयमै रोक्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    गणतन्त्रमा देखा परेको समस्यालाई संविधानमा संशोधन गरेर न्युनीकरण गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

    अहिले सरकारमा तरमारा वर्ग हाबी भएको बताउँदै उहाँले उनीहरूबाट गणतन्त्रलाई बचाउनुपर्ने धारणा राख्नुभयो ।

    ८. अधिवक्ता कृष्ण शर्मा

    अधिवक्ता कृष्ण शर्माले प्रधान विषय गणतन्त्र हो, सङ्घीयता होइन भनेर यो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

    उहाँले सत्तारूढ राजनीतिक दलकै कारण गणतन्त्र समाप्त हुन सक्ने खतरालाई स्वीकार्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले हालसम्मका विकृतिको अन्त्य गर्न सम्पत्ति छानबिन गर्न शक्तिशाली निकाय गठन गर्न अनुरोध गर्नुभयो ।

    ९. मनोहर लामिछाने

    कार्यक्रममा मन्तव्य राख्दै मनोहर लामिछानेले सत्तारूढ पार्टीका नेतृत्वको अकर्मण्यताका कारणले नयाँ नयाँ राजनीतिक शक्तिको जन्म भइरहेको दाबी गर्नुभयो ।

    देशमा राजा वा सेना दुवै आउनु गलत भएको बताउँदै उहाँले देशमा बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्नमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले राजनीतिक नेतृत्वमा वैकिल्पक प्रणाली कायम गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

    १०. डा. चूडा ढकाल

    बुद्धिजीवी डा. चूडा ढकालले समस्या देखाउनेभन्दा पनि समाधान कसरी गर्ने भन्ने विषयबाट छलफल सुरु गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    देशमा देखा परेको समस्यालाई समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।

    समस्याको आफूखुसी व्याख्या गर्नुभन्दा पनि गणतन्त्रबाट प्राप्त उपलब्धिको विषयमा गम्भीर हुनुपर्ने जिकिर उहाँको थियो ।

    ११. बलभद्र भारती

    प्राध्यापनरत बलभद्र भारतीले सत्ता सञ्चालक राजनीतिक दलको बेथितीको असर जनतामा परिरहेको बताउनुभयो ।

    राजावादीले हाल देखा परिरहेको सङ्कटबाट फाइदा उठाउन खोजे पनि चैत १५ गतेको भाटभटेनी प्रकरणले उनीहरूको चरित्र उदाङ्गो भएको बताउनुभयो ।

    गणतान्त्रिक व्यवस्थाको नाममा भ्रष्टाचार, बेथिति, अनियमितता, कुशासनको विरुद्ध आवाज उठाउनु आवश्यक रहेको पनि उहाँको धारणा थियो ।

    १२. प्राडा मुकुन्दप्रसाद लामिछाने

    कार्यक्रमममा मन्तव्य राख्दै प्राडा मुकुन्दप्रसाद लामिछानेले कुनै पनि राजनीतिक दलमा आस्था नराख्ने मानिस पनि सहज ढङ्गले बस्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउनुभयो ।

    आस्थाको राजनीति गरिनुपर्ने विचार राख्दै उहाँले नेपालमा सन्यासीले राजनीति गर्नुपर्ने धारणा राख्नुभयो ।

    राजनीति बोल्ने विषय मात्र नभएको बरु व्यवहारमा गरेर देखाउने विषय भएको उहाँको भनाइ थियो ।

    १३. नरेन्द्रजङ्ग पिटर

    लेखक नरेन्द्रजङ्ग पिटरले गणतन्त्ररक्षाको आन्दोलनमा सहभागिता जनाउन आफू यो कार्यक्रममा आएको जानकारी दिनुभयो ।

    गणतान्त्रिक व्यवस्थामा यस्तो प्रतिकूल अवस्था कसरी आयो भनेर गम्भीर प्रकारले समीक्षा गर्नुपर्ने अवस्था आएको उहाँको धारणा थियो ।

    आज चिमोटे एक हप्तापछि एैया भन्ने, आज चुटकिला सुनायो भने तीन दिनपछि हाँस्ने संवेदनाहीन नेपाली समाजको जिकिर गर्दै उहाँले यसमा परिवर्तन गर्न गणतान्त्रिक शक्तिहरू लाग्नुपर्ने विचार उहाँको थियो ।

    १४. प्राडा जीवेन्द्र देव गिरी

    प्रगतिवादी साहित्यकार प्राडा जीवेन्द्रदेव गिरीले समाजमा असल र खराब चिजको लिस्ट बनाएर असल पक्षको पक्षपोषण तथा खराब पक्षको विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    जताततै अँध्यारो छ भन्ने तथ्य सत्य नरहेको बताउँदै उहाँले जीवनशैली र विचारमा एकरूपता हुनुपर्ने बताउनुभयो ।

    आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता रहेकाले त्यसको पक्षमा लेखकहरूले लेख्नुपर्ने आवश्यकतमा उहाँले जोड दिनुभयो ।

    १५. रविनारायण खनाल

    कार्यक्रममा मन्तव्य राख्दै रविनारायण खनालले आजै राजतन्त्र आउँछ भन्नेजस्तो निराशा नराख्न आग्रह गर्दै गणतन्त्रको रक्षाका लागि भने सावधान हुनुपर्ने बताउनुभयो ।

    आफू गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताउँदै उहाँले गणतन्त्रको विकल्प नभए पनि त्यसको पक्षमा सजगता आवश्यक रहेको बताउनुभयो ।

    उहाँले यतिखेर नागरिक समाजको अभाव खड्किरहेको धारणासमेत राख्नुभयो ।

    १६. प्राडा शम्भु कट्टेल

    राजनीतिक अभियन्ता प्राडा शम्भु कट्टेलले राजनीतिक गोलचक्करबाट माथि उठेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    चुनावको उपयोगलाई गौण बनाउँदै परिवर्तनका लागि जनाधार निर्माण लाग्नुपर्ने विचार उहाँको थियो ।

    उहाँले जनआधार र जनआन्दोलनबिना राजनीतिक परिवर्तन गर्नु सम्भव नभएको धारणा पनि राख्नुभयो ।

    आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.