नागपुर (भारत) । प्युठान र रोल्पा घर भएका दुई नेपाली युवकको भारतको नागपुरमा सडक दुर्घटनामा परी निधन भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नागपुर नगर समितिले सो जानकारी दिएको हो ।
मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नं. ५ बासकोट निवासी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नागपुर नगर समितिका सचिव इन्द्रलाल घर्तीका २७ वर्षीय चिरञ्जीत घर्ती र रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा नं. १ पाङ निवासी ऐतबहादुर थापाका १८ वर्षीय छोरा प्रकाश थापा रहेका छन् ।
गत मे ४, २०२५ को राति १ बजे ड्युटी सकेर मोटरसाइकलमा डेराततर्फ फर्किने क्रममा नागपुरको रामझुला भन्ने ठाउँमा विपरीत दिशाबाट तीव्र गतिमा आएको अज्ञात वाहनले ठक्कर दिँदा घर्तीको घटनास्थलमै मृत्यु भएको थियो भने थापाको मे ५ को बिहान ६ बजे उपचारका क्रममा अस्पतालमा मृत्युभएको थियो ।
उक्त दुखद घटनाको मूल जानकारी मिल्नासाथ मूल प्रवाह मध्यदक्षिण क्षेत्रीय उपाध्यक्ष रूपलाल जिएमको नेतृत्वमा तेजबहादुर पुन, नगर समितिका सचिव मङ्गल पुन, सदस्य इन्द्रलाल घर्तीलगायतको प्रतिनिधिमण्डल नागपुर पुलिस थाना पुगेको थियो । समाजले प्रहरी प्रशासनसामु तुरुन्तै दोषी पत्ता लगाई दोषीउपर कानुनी कारबाही गर्न जोडदार माग गरेको थियो ।
क्षेत्रीय समितिले नागपुर नगर समितिका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।