• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रतिगामी खतरा र गणतन्त्रको रक्षाबारे दिल्लीमा अन्तरक्रिया


  •   मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
  • नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रतिगामी खतरा र गणतन्त्रको रक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    Advertisement

    मे ४, २०२५ का दिन नयाँदिल्लीको राममोहन रायको सभाहलमा मूल प्रवाह केन्द्रीय समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको प्रारम्भमा मूल प्रवाहका अध्यक्ष “नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न” विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले नेपाल राजनीतिक दलले विगतमा जस्तै कमजोरी गर्दै जाने हो भने प्रतिगमन फर्किदैन भन्न नसकिने बताउनुभयो ।

    ‘राजनीतिक दलहरूले विगतमा जस्तै कमजोरी गर्दै जाने हो भने प्रतिगमन फर्किदैन भन्न सकिँदैन’ उहाँले भन्नुभयो– ‘त्यसका विरुद्धमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा एवम् भारत प्रवासमा मूल प्रवाहले गणतन्त्रवादी शक्तिलाई एउटै मञ्चमा आबद्ध गर्ने र विचारविमर्श गर्दै गणतन्त्रलाई बलियो बनाउने कार्यमा जोड दिएको छ ।’

    राजनीतिक दलले व्यवस्था र सत्ताको चरम प्रकारको दुरुपयोगका कारण नै नेपाली जनतामा दलप्रतिको असन्तुष्टिलाई भजाएर प्रतिगामी तत्त्व सक्रिय भएको रेग्मीको थप भनाइ थियो ।

    रेग्मीले मुलुकमा प्रतिगमनको खतरा रहेको र त्यसलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्ति एकजुट भएर सङ्घर्ष अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (माओवादी–केन्द्र) निकट नेपाली समाज भारत तथा दक्षिण एसियाका इन्चार्ज लक्ष्मण पन्तले प्रमुख राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले जनआकाङ्क्षालाई सम्बोधन नगरे पुनरुत्थानवादी शक्ति वा अन्य कुनै निरङ्कुश शक्तिले विस्थापित गर्ने खतरा रहेको बताउनुभयो ।

    उहाँले नेपालमा राजतन्त्रको अन्त भएर गणतन्त्र आएता पनि राजनैतिक दलहरू आफैँ लोकतान्त्रिक बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
    एमाले निकट प्रवासी नेपाली सङ्घका सचिवालय सदस्य रामप्रसाद पराजुलीले गणतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा यति चाँडो देख्नु उपयुक्त नहुने बताए । तर सचेत रहँदै जनताको सचेतना र प्रतिवद्धताप्रति ध्यान दिनुपर्ने आवश्यक रहेको उहाँको थप भनाइ थियो ।

    समाजसेवी प्रमोद खरेलले अन्तर्राष्ट्रिय समुदायले पनि नेपाली लोकतन्त्रको पक्षमा दृढ समर्थन जनाउनुपर्ने बताए । संविधानको मर्म र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सबै पक्षको संयम, संवाद र साझा प्रयासमा जोड दिनुपर्ने उहाँले जोड दिनुभयो ।

    अखिल भारत नेपाली विद्यार्थी सङ्घकी केन्द्रीय सचिव सरिता विसीले भारतमा नेपाली विद्यार्थीको अवस्था विगत केही समयदेखि बिग्रिँदै जानु देशका लागि चिन्ताको विषय भएको बताउनुभयो ।

    एसयुसिआईका केन्द्रीय सदस्य प्राण शर्माले नेपालमा गणतन्त्र स्थापनाको पृष्ठभूमि, वर्तमान चुनौती र आगामी दिनमा त्यसलाई कसरी संस्थागत गर्ने भन्नेबारे आफ्नो पार्टीको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।

    वक्ताले उठाएका जिज्ञासाको बारेमा अवधारणा प्रस्तोता खनालले प्रष्ट्याउनु भएको थियो ।

    कार्यक्रममा विकल्प मञ्चका विक्रम प्रताप, सिपिआई (एमएल) का पिके शाहीले पनि मन्तव्य दिनुभएको थियो ।

    त्यस्तै मूल प्रवाहका केन्द्रीय सचिव कुलबहादुर बगाले, केन्द्रीय सदस्य विक्रमसिंह राणा, तारा सोमरे, नरबहादुर ओली, धनबहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार विनबहादुर कुँवर, तिलक पाण्डे, जितमान थापा, रामबहादुर गौतम, अधिवक्ता नन्दा शर्मा, समाजसेवी घनश्याम शर्मालगायतको आतिथ्य रहेको थियो ।

    हाउसबाट लीला विक, तिलक पाण्डे, विनु नेपाली, बोमबहादुर विक, नारायण केसी र गोपाल भट्टराईले पूक जिज्ञासा राख्नुभएको थियो ।
    केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको सञ्चालनमा अघि बढेको कार्यक्रममा केन्द्रीय सदस्य शालिकराम आचार्यले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा सहिदको सम्मानमा एक मिनेट मौनधारणपछि तारा सोमरे र कलाकारले स्वागत गर्नुभएको थियो ।

    सांस्कृतिक विभागका कलाकारले क्रान्तिकारी गीतसङ्गीत, नृत्यसमेत प्रस्तुत गरिएको सो कार्यक्रममा भारत र नेपालका प्राज्ञ, पत्रकार, राजनीतिक विश्लेषक र मानवअधिकारकर्मीको उपस्थिति रहेको थियो ।

    मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.