उद्धव मगर, दोहा ।
कतारमा एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइएको छ ।
नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा मे १, २०२५ का दिन सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार खिम बुढामगरको प्रमुख आतिथ्यमा अघि बढेको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रामप्रसाद पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रम समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, सचिव बलदेव राना, कोषाध्यक्ष लक्ष्मण कोइराला, रक्तिम सांस्कृतिक परिवार कतारका अध्यक्ष विमल भुसाल, महिला विभाग संयोजक जानुका बस्नेत (खड्का) बुद्धिजीवी विभागका सदस्य बाबुराम पौडेल, युगदर्शन साप्ताहिक सम्पादक उद्यव मगर, दोहा एरिया समिति अध्यक्ष रणबहादुर नेपाली, वकरा एरिया समितिका सल्लाहकार तेजवीर घर्तीमगर, लेबर सिटी एरिया समितिका अध्यक्ष सन्तोष सुनार र ग्रान्डमल एरिया समितिका अध्यक्ष रविलाल सुनार उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले मे दिवसको इतिहास, विश्वभरि छरिएर रहेका मजदुरको अवस्था तथा नेपालको समसामयिक अवस्थाबारे चर्चा गर्नुभएको थियो ।
समाजका महासचिवको सञ्चाचालनमा अघि बढको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई केन्द्रीय सदस्य तेजनारायण शर्माले स्वागत गर्नुभएको थियो ।
