• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

राजस्थानका पेन्सनर्सले नेपालबाटै पेन्सन पाउने, मूल प्रवाहले गरेको थियो माग


  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
  • बेलबहादुर रजाली, जयपुर (भारत) ।

    Advertisement

    भारतको राजस्थान राज्य सरकारको जागिरबाट अवकाश प्राप्त गरी नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई अब पेन्सनको लागि राजस्थान आउनुनपर्ने भएको छ । अब उनीहरू नेपालबाटै पेन्सन प्राप्त गर्न सक्नेछन् ।

    राजस्थान सरकारको पेन्सन एवं पेन्सनर्स वेलफेयर विभागले अप्रिल २८, २०२५ का दिन एक सर्कुलर जारी गर्दै यस्तो सुविधा प्रदान गरेको हो ।

    विभागका निर्देशक डा. देवराजद्वारा हस्ताक्षरित उक्त सर्कुलरमा राजस्थान सरकारका नेपाली पेन्सनरले आफ्नो पहिलो पेन्सन तथा ग्रेच्युटीको रकम आफूले स्यालरी प्राप्त गर्दै आइरहेको बैङ्क खातामा नै पाउनेछन् भने त्यसपछि आफ्नो पेन्सन नेपालमै प्राप्त गर्नका लागि उनीहरूले सम्बन्धित कोषाधिकारीमा आवेदन दिनुपर्नेछ । उक्त आवेदनलाई सम्बन्धित कोषाधिकारीले आफ्नो सम्बन्धित क्षेत्रीय कार्यालयमा महालेखाकारलाई पठाउनेछ । यसरी प्रक्रिया पूरा भएपछि ट्रेजरी अफिस इन्डियन एम्बेसी इन नेपालको माध्यमबाट नेपालमा पेन्सन सुविधा सुरु हुनेछ । यसका लागि राजस्थान सरकारको संयुक्त शासन सचिव वित्त विभागले पेन्सन एवम् पेन्सनर्स वेलफेयर विभागलाई पत्र लेखेको थियो ।

    यस प्रकारको सुविधा प्राप्त गर्नका लागि आफूहरू गत १८ महिनादेखि लागिपरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय सदस्य नारायण ज्ञवालीले बताउनुभयो ।

    उहाँले मूल प्रवाह जयपुर उत्तरका अध्यक्ष मङ्गलसिंह खड्काको संयोजकत्वमा विभिन्न ठाउँमा रहेका नेपालीलाई सामिल गराई राजस्थान नेपाल पेन्सनर समिति गठन गरेको र सोही समितिको माध्यमबाट आफूहरूले सङ्घर्ष गरेको जानकारी दिनुभयो ।

    भारतका कतिपय राज्यबाट अवकाश प्राप्त गरी नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकले नेपालमै पेन्सन पाइरहेको हुँदा राजस्थान सरकारबाट अवकाश प्राप्त नेपाली कर्मचारीले पनि नेपालमै पेन्सन पाउनुपर्ने व्यवस्थाको लागि राजस्थानका विभिन्न निकायमा बारम्बार भेटघाट, छलफल तथा बैठकको माध्यमबाट दबाब दिइएको थियो । यसमा समितिका विभिन्न सदस्य तथा आम नेपाली नागरिकको पनि सहयोग रहेको थियो । यसै क्रममा पेन्सनसित सम्बन्धित विभिन्न सामग्री विभिन्न ठाउँबाट सङ्कलन गरी सरकारलाई बुझाइएको थियो ।

    ‘राजस्थान सरकारको यो फैसलाबाट राजस्थानमा बसोबास गरिरहेका आम नेपालीमा खुसीको लहर छाएको छ’ ज्ञवालीले भन्नुभयो–’यसबाट एकतामा ठुलो शक्ति हुँदो रहेछ भन्ने कुराको पनि महसुस नेपालीले गरेका छन् ।’

    मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.