मेघराज रिष्मेली, टोकियो ।
Advertisement
जापानमा जापान नेपाली एकता समाजकी साधारण सदस्य सुमित्रा गौतम पौडेलको निधन भएको छ ।
३५ वर्षीय पौडेलको अप्रिल २२, २०२५ का दिन जापानको टोकियोमा असामयिक निधन भएको हो ।
मृतक गौतम बागलुङ जिल्ला गल्कोट नगरपालिका–९ बरेखानी जन्म भई हाल जापानमा गत करिब सात वर्षदेखि पति, दुई छोरी र एक छोरासहित जापानमा बस्दै आउनुभएको थियो ।
मृतक गौतमको भोलि अप्रिल २९ का दिन अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।
यसैबिच, जापान नेपाली एकता समाजले मृतक गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
