• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

एक महिनादेखि हराएकी ११ वर्षीया बालिकाको शव फेला, हत्या आरोपमा १५ वर्षीय दाजु पक्राउ


  •   मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । ललितपुरको मंगलबजारमा आफ्नै बहिनीको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन्।

    Advertisement

    ललितपुर महानगरपालिका–१२, मंगलबजार बस्ने भगवती बोहराकी छोरी वर्ष ११ की दुर्गा बोहराको हत्या गरेको आरोपमा उनकै १५ वर्षीय दाजु पक्राउ परेका हुन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत चैत ४ गते राति अन्दाजी ९ः३० बजेबाट दुर्गा हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा पीडित परिवारले निवेदन दिएका थिए।

    खोजतलास गर्ने क्रममा चैत २९ गते ललितपुर–९, खपिन्छेँ स्थित बाबुराजा अवालेको पुरानो घरको भुईं तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    अनुसन्धानका क्रममा उक्त घटना मृतककै कान्छो दाइले कर्तब्य गरी हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ।

    आरोपी किशोरलाई यही २०८२ वैशाख १ गते ललितपुर मंगलबजार एरियाबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी

    परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

    अनुसन्धानबाट खुल्न आएका तथ्यहरुः
    मिति २०८१/१२/०६ गते जिल्ला बझाङ सुर्मा गापा वडा नं ०४ घर भई हाल जिल्ला ललितपुर लपुमनपा वडा नं १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी बर्ष ११ की दुर्गा बोहरा चैत ४ गतेदेखि हराएको ।

    आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको ।

    मिति २०८१/१२/२९ गते बिहान अ. १०:०० बजेको समयमा जिल्ला ललितपुर लपु मनपा वडा नं ०९ खपिन्छे स्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुई तल्लामा रहेको प्रयोग बिहिन सिमेन्टले बनाएको पानी ट्याङ्किमा दुर्गा बोहराको लाश फेला परेको ।

    बाबुराजा अवालेको उक्त घरमा मृतकहरु भाडामा बसेको र मिति २०८१।११।२५ गते अन्यत्र डेरा सरेको ।

    उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि मिति२०८१।१२।०२ गते अन्यत्र डेरा सरे पश्चात सो घरमा कोही नबसी घर खाली रहेको ।

    मिति २०८१।१२।०४ गते मृतक र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको ।

    दाजु बहिनी सँगै गएको फुटेज भेटिए पश्चात दाजु माथि शंका लागी सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडाहरु लिन भनि दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटि उक्त ठाउँमा रहेको नाईलनको डोरीले पछाडीबाट घाटी कसेर भुईमा लडाई छोडी भागेको बताएको ।

    दाजु बहिनिले नै लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको ।

    मिति २०८१/१२/०५ गते बिहान नशाले छोडे पछि आफूले हिजो बहिनी माथि गरेको आक्रमण सम्झि उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लाश भुई तल्लाको भर्याङको छेउमा देखे पश्चात सो लाश ट्याङ्कीमा हालि सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडि गएको बताएको ।

    मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.