खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
प्युठान जिल्लाको सरुमारानी गाउपालिका वडा नं. २ ददेरी निवासी ३३ वर्षीय राजु सावतको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तत्परता देखाएको छ ।
२०८१ सालको चैत १० गतेदेखि श्रीमतीलाई छोडेर घरमा राखेको दुई लाख पचास हजार नगद र एउटा मोबाइल लिएर फरार राजु भारतमै रहेको परिवारले आशङ्का गरेका छन् ।
राजुको श्रीमती सुनिता सावतका अनुसार उनी नेपालबाट भाग्दा एक जना परस्त्रीसँग भागेको हुदा उनीहरु भारतमा रहेको हुन सक्ने आशङ्का गरिएको बताइएको छ ।
निज व्यक्ति भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा नेपालमा ९७६६३१२१२२ वा भारतमा ७६२६८०५७६० मा खबर गरिदिन अनुरोध गरिएको छ ।
