खिमराज चालिसे, चन्डिगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपडका नगर सदस्य बसन्त थापालाई बिदाई गरिएको छ ।
नगर समितिको आयोजनामा मार्च २९, २०२५ का दिन बिदाई गरिएको हो ।
रोपडमा सन् १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्मेवारी निभाउँदै आउनुभएका थापा कम्पनीबाट सेवानिवृत्त भएपछि बिदाइ गरिएको थियो ।
समारोहमा थापा दम्पती र उहाँकी बुहारी सपना थापासमेतलाई सामूहिक रूपमा फूलमाला लगाएर प्रशंसापत्र र स्मृतिचिह्न प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य बिलबहादुर गुरुङले थापाले प्रवासमा खेलेको भूमिकालाई देशभित्र अझै निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको थियो ।
विष्णु थापाको अध्यक्षता तथा भक्तबहादुर रानाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
बिदाई गरिएका थापा पाल्पा जिल्ला, रामपुर नगरपालिका–१ साँखरडी निवासी हुनुहुन्छ ।
