• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

ज्ञानेन्द्र शाहमाथि कडा कारबाही गर्न एघार विद्यार्थी सङ्गठनको माग


  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । एघार विद्यार्थी सङ्गठनले ज्ञानेन्द्र शाहमाथि कारबाही गर्न माग गरेका छन् ।

    Advertisement

    चैत १५ गते राजावादीको अराजक, हिंसात्मक र आपराधिक गतिविधिका लागि जिम्मेवार ठहऱ्याउँदै उनीहरूले ज्ञानेन्द्र शाहमाथि कारबाही गर्न माग गरेका हुन् ।

    वर्तमान यथास्थितिको विकल्प पश्चगमन होइन, अग्रगमन हो भन्दै उनीहरूले ज्ञानेन्द्र शाहसँगै पूर्व पञ्च र घटनाका दोषीमाथि कडा कारबाहीका माग गरेका छन् ।

    त्यस्तै, उपकुलपति प्राडा केशरजङ्ग बरालको राजीनामा राजनीतिक भागवण्डाको परिणाम बताउँदै उनीहरूले विश्वविद्यालयलाई त्यसबाट पूरै मुक्त गराउन माग गरेका छन् । त्यसो नगरिएमा आफूहरूले निर्मम सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

    प्रेसवक्तव्यमा अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष वीरेन्द्र शाह, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालका अध्यक्ष हिमांशु, विद्यार्थी जनमत सङ्घका पोषण यादव, समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादव, लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्र, अखिल (क्रान्तिकारी) का केन्द्रीय कार्यालय सदस्य नेत्रबहादुर शाही, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष प्रकाश चाम्लिङ राई, नयाँशक्ति विद्यार्थी युनियनका अध्यक्ष बलबहादुर रम्तेल, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई र अखिल (पाँचौँ) का अध्यक्ष पवित्रा आचार्यको हस्ताक्षर रहेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “१) २०८१ चैत १५ गते कथित राजावादीद्वारा आयोजित प्रदर्शनको क्रममा भएको आगलागीमा परी पत्रकारको हत्या, व्यावसायिक भवनमाथिको आगजनी, तोडफोड र लुटपाटजस्ता अराजक, हिंसात्मक र आपराधिक गतिविधिप्रति हामी संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यान आकर्षण भएको छ । देशको वर्तमान परिस्थितिमा जनताको असन्तुष्टिलाई दुरूपयोग गरी तथाकथित राजावादीको नाममा प्रतिगमन र पश्चगमनको दुष्प्रयासलाई संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट खारेज गर्दछौँ । हामी संयुक्त विद्यार्थी सङ्गठन स्पष्ट छौँ कि वर्तमान यथास्थितिको विकल्प पश्चगमन होइन, अग्रगमन हो । हामी उक्त हिंसात्मक घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । उक्त घटनाको मुख्य योजनाकार ज्ञानेन्द्र शाह, पूर्व पञ्च, र घटनाका सम्पूर्ण मतियारमाथि अनुसन्धान अगाडि बढाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ ।

    २) त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले हठात् दिएको राजीनामाबारे संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यान आकर्षण भएको छ । विश्वविद्यालयमा विगतदेखि नै लगातार सरकारका प्रमुख तथा विश्वविद्यालयका कुलपतिद्वारा चरम राजनीतिक हस्तक्षेप गर्ने र विश्वविद्यालयलाई तहसनहस गराउने षड्यन्त्र हुँदै आइरहेको छ । यो घटना पनि राजनीतिक भागबण्डाको परिणाम हो । यसरी सरकारले गर्ने हस्तक्षेपबाट विश्वविद्यालयको उपकुलपतिले राजीनामा दिनुपर्ने अवस्था आउनु दुःखद हो । हामी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र भागबण्डा मुक्त गर्न सरकारसँग जोडदार माग गर्दछौँ । यस्ता राजनीतिक हस्तक्षेपका गतिविधि दोहोरिरहे कडा प्रतिवाद गर्दै निर्मम सङ्घर्ष गर्ने चेतावनी दिन चाहन्छौँ ।”

    आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.